व्यास नगरपालिकाको पूर्वनिर्धारित परीक्षा स्थगित « Khabarhub

व्यास नगरपालिकाको पूर्वनिर्धारित परीक्षा स्थगित


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तनहुँको व्यास नगरपालिकाले वैशाख मसान्त मसान्त सम्मको लागि पूर्वनिर्धारित परीक्षा स्थगित गरेको छ ।

नगरशिक्षा समितिको आइतबार बसेको बैठकले सञ्चालित विद्यालतहको वार्षिक परीक्षा स्थगित गरेको हो । नगरपालिकाले यसअघि विद्यालयतहको वार्षिक परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अहिलेसम्म नगरपालिका भित्र कसैलाई पनि कोरोना संक्रमण नदेखिएता पनि पनि संभावित जोखिमलाई न्युनीकरण गर्ने उद्देश्यले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै आज बसेको बैठकले विद्यालय प्रशासन, निर्माण कार्य, आन्तिरिक अन्यका कार्यका लागि बढीमा १० जना सम्मको शिक्षक कर्मचारीबाट आलोपालो उपस्थिति गराउने व्यवस्था मिलाउन प्रधानाध्यापकहरुलाई निर्देशन दिएको छ ।

स्थगित परीक्षा सञ्चालन गर्न कुन मोडलबाट लिने भन्ने विषयमा २०७८ जेठको पहिलो हप्ता आवश्यक निर्णय गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

No description available.

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १ : २५ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक