शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्ति नगर्न विपक्षी दलको माग « Khabarhub

शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्ति नगर्न विपक्षी दलको माग


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बनी प्रदेश सभाका विपक्षी दलका सांसदहरूले शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त नगर्न र शपथ नगराउन प्रदेश प्रमुखसँग माग गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेको समयमा प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका हुन् ।

पोखरेलले बहुमत गुमाइसकेकाले पुन: नियुक्त गर्न नमिल्ने विपक्षी दलको दाबी छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई आइतबार दिउँसो भेटेर अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफ्नो पक्षमा ४० सांसदको हस्ताक्षर देखाएका हुन् ।

८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला खत्रीले आफू नेकपा माओवादी केन्द्रमा जाने प्रस्ट पारेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ ।
उल्लेखनीय छ, सांसद खत्रीलाई माओवादी केन्द्र रोजेकै कारण अनुशासनको कारवाही हुन नसक्ने देखिन्छ । उनी उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित भएका कारण नेकपा खारेज भइसकेको अवस्थामा उनी कुन पार्टीमा रहने भन्ने निर्णय गर्न स्वतन्त्र रहन्छिन् ।

नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुदीन खानले मुख्यमन्त्री शंकर पोखरेलसँग एकल बहुमतको सरकार बनाउने कुनै आधार नरहेको र विपक्षी चार दलसँग पनि मुख्यमन्त्रीसँग जत्तिकै सांसद रहेको अवस्थामा दलहरुसँगको छलफलबाट मात्र प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसँग माग गरिएको बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ३ : २६ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख १ गते मंगलबार ।

आज २०८३ साल वैशाख १ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १ गते मंगलबार ।

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा