निषेधाज्ञाबीच कारोबारको पहिलो दिन नेप्सेमा ५४ अंकको उछाल | Khabarhub Khabarhub

निषेधाज्ञाबीच कारोबारको पहिलो दिन नेप्सेमा ५४ अंकको उछाल


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निषेधाज्ञाका बीच कारोबारको पहिलो दिन आज ५४ अंकले नेप्से बढेको छ । आज नेप्से २ दशमलव ७ प्रतिशतले बढेर २ हजार ६ सय ६५ दशमलव ११ विन्दुमा रोकिएको छ ।

कारोबार रकम पनि बढेर ७ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबर भएको छ । प्रि ओपन समयदेखिनै बढेको नेप्सेमा पाँचवटा कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको थियो ।

उच्च प्रतिफल कमाउने कम्पनीमा विशाल बजार, महिला लघुवित्त, सिंगटी हाइड्रो, सिनर्जी पावर, सानिमा जनरल इन्स्योरेन्स रहेका छन् । यसैगरी, एनसीसी बैंकको कारोबार सबैभन्दा धेरै ४२ करोड रुपैयाँ बराबरको भएको छ ।

आज सबै समूहको उपसूचक हरियो भएका छन् । सरकारले निषेधाज्ञा गरेपनि अनलाइनमार्फत् नै शेयर कारोबार गर्न सकिने भएकाले पछिल्लो समय शेयरमा लगानीकर्ताको आकर्षण बढिरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ४ : २९ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा