६०८ संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै  « Khabarhub

६०८ संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै 


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।

हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ६०८  जना स‌क्रमितको उपचार भइरहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर १३१ जना संक्रमित भेन्टिलेटरमा र ४७७ को आईसीयूमा उपचारत छन्।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ५४ जना संक्रमित आईसीयूमा र भेन्टिलेटर १४,  प्रदेश २ मा हाल आईसीयूमा २४ जना र भेन्टिलेटरमा २ जना उपचाररत छन् । यसैगरी बाग्मती प्रदेशमा २५४ जना आईसीयूमा र ७७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७७ जना आईसीयूमा र २१जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ३३ जना आईसीयूमा र भेन्टिलेटरमा ७ तथा सुदूरपश्चिम प्रदेशमा ३० जना आईसीयूमा र ९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १० : ०० बजे

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न

अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति पूर्ण रूपमा

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक