सर्वोच्चद्वारा बस्न्यातलाई थुनामा राख्नुको कारण देखाऊ आदेश जारी « Khabarhub

सर्वोच्चद्वारा बस्न्यातलाई थुनामा राख्नुको कारण देखाऊ आदेश जारी


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्नुको कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले आज विशेष अदालतको आदेशअनुसार थुनामा रहेका बस्न्यातलाई थुनामा राख्नुको कारणसहित सूचना म्याद प्राप्त भएको मितिले बाटोको म्याद बाहेक तीनदिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।

जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बस्न्यातका तर्फबाट ज्वाईं प्रज्वल अधिकारीले स्वास्थ्य अवस्था प्रतिकूल भएकाले धरौटीमा रिहा भएर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा शुक्रबार बन्दीप्रत्येक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए । बस्न्यात थुनामै रहेको अवस्थामा कोरोना सङ्क्रमण भएर हाल चाबहिलस्थित ओम अस्पतालमा उपचाररत छन् ।

रिट निवेदनमा ६९ वर्षका भइसकेका उनी मुटु रोगबाट समेत पीडित रहेको उल्लेख छ । बालुवाटारको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले बस्न्यातसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । त्यसविरुद्ध बस्न्यातले सर्वोच्चमै निवेदन दिएका थिए तर मिसिल झिकाउने आदेश भएर मुद्दा विचाराधीन अवस्थामा छ । यही बीचमा बन्दीप्रत्येक्षीकरणको रिट निवेदन आएको हो ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ६ : ०२ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे