सर्वोच्चद्वारा बस्न्यातलाई थुनामा राख्नुको कारण देखाऊ आदेश जारी | Khabarhub Khabarhub

सर्वोच्चद्वारा बस्न्यातलाई थुनामा राख्नुको कारण देखाऊ आदेश जारी


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्नुको कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले आज विशेष अदालतको आदेशअनुसार थुनामा रहेका बस्न्यातलाई थुनामा राख्नुको कारणसहित सूचना म्याद प्राप्त भएको मितिले बाटोको म्याद बाहेक तीनदिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।

जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बस्न्यातका तर्फबाट ज्वाईं प्रज्वल अधिकारीले स्वास्थ्य अवस्था प्रतिकूल भएकाले धरौटीमा रिहा भएर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा शुक्रबार बन्दीप्रत्येक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए । बस्न्यात थुनामै रहेको अवस्थामा कोरोना सङ्क्रमण भएर हाल चाबहिलस्थित ओम अस्पतालमा उपचाररत छन् ।

रिट निवेदनमा ६९ वर्षका भइसकेका उनी मुटु रोगबाट समेत पीडित रहेको उल्लेख छ । बालुवाटारको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले बस्न्यातसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । त्यसविरुद्ध बस्न्यातले सर्वोच्चमै निवेदन दिएका थिए तर मिसिल झिकाउने आदेश भएर मुद्दा विचाराधीन अवस्थामा छ । यही बीचमा बन्दीप्रत्येक्षीकरणको रिट निवेदन आएको हो ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ६ : ०२ बजे

विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ

माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि

काठमाडौं- नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल टुङ्ग्याइदै

काठमाडाैं – राष्ट्रियसभाअन्तर्गतका विधायन व्यवस्थापन समितिमा जारी जलस्रोत विधेयक, २०८१

नदीका दुई किनाराजस्तै रेशम र रञ्जिताको सम्बन्ध

काठमाडौं– स्थानीय तह निर्वाचन–०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति