नेपालमा कोरोना संक्रमणको दर बढ्दो, एक सातामा मात्रै थपिए करीव ३६ हजार कोरोना संक्रमित « Khabarhub

नेपालमा कोरोना संक्रमणको दर बढ्दो, एक सातामा मात्रै थपिए करीव ३६ हजार कोरोना संक्रमित


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिएको छ । पछिल्लो केही दिन यता देशभर दैनिक साढे पाँच हजार भन्दा बढी कोरोना संक्रमित थपिने गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातामा मात्रै पीसीआर परीक्षणको रिपोर्ट अनुसार करीव ३६ हजारमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

एक हप्ता अगाडि गत वैशाख १२ गते आइतबार नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ११९ थियो भने आज ३ लाख ३६ हजार ३० पुगेको छ । यो तथ्यांकलाई हेर्दा एक हप्तामा मात्रै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ९११ जना थपिएका छन् ।

पीस‍ीआर र एन्टिजेन परीक्षणमा कुन दिन कति संक्रमित थपिए ?

आइतबार- ३ हजार १२२ जना

सोमबार- ३ हजार ५ सय ५६ जना

मङगलबार- ४ हजार ५ सय २४

बुधबार- ४ हजार ८ सय ९७

बिहीबार- ४ हजार ९ सय २८

शुक्रबार- ५ हजार ७ सय २७

शनिबार- ५ हजार ७ सय ६३

आइतबार (आज) ७ हजार २ सय ११ जना

मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमित सख्या सबै भन्दा बढि काठमाडौंमा रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ६ : २१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु