तीन बालकको शव फेला परेको घटनाबारे निष्पक्ष छानविन गर्न दलित आयोगको माग « Khabarhub

तीन बालकको शव फेला परेको घटनाबारे निष्पक्ष छानविन गर्न दलित आयोगको माग


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दाङमा भारतीय कारभित्र दलित समुदायका ३ बालकको शव फेला परेको घटनाप्रति राष्ट्रिय दलित आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार बेलुका तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको गाडीभित्र दलित सुमदायका ३ बालकको शव फेला परेको थियो । उक्त शव तुल्सीपुर वडा नम्बर ६ बरुवागाउँका दलित समुदायका बालक ६ वर्षका करण परियार, ७ वर्षका सुवर्ण परियार र ९ वर्षका सन्दिप परियारको भएको खुलेको छ ।

आयोगले आज एक विज्ञप्ती जारी गर्दै सिँगो दलित समुदायलाई स्तब्ध बनाउने घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगले घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबीन गर्न, सत्य तथ्यको सार्वजनिकीकरण गर्न तथा दोषीमाथि कडा कानूनी कारवाही गर्न पनि आयोगले सम्बन्धित निकाय र सरकासँग माग गरेको आयोगका सदस्य मीनादेवी सोवले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

सडकमा पार्किङ गरेर राखिएको कार भित्र नग्न तथा अर्धनग्न अवस्थामा शव भेटिएको सूचना तथा समाचारले गम्भिर आंशका सिर्जना भएको पनि आयोगले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ३० बजे

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण

बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

दमौली– सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा