गठबन्धन सरकारका दावेदार केसीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न प्रचण्डको माग « Khabarhub

गठबन्धन सरकारका दावेदार केसीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न प्रचण्डको माग


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशमा अल्पमतमा परेका शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको घटनाको भर्त्सना गर्दै निर्णय सच्याउन माग गरेका छन् ।

आइतबार बेलुका एक विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र अन्य स्वतन्त्र हैसियतका बहुमत सांसदहरुले हस्ताक्षर गरी प्रस्ताव गरिएका कुलप्रसाद केसीलाई तत्कालै मुख्यमन्त्रीमा नियुक्ति गर्न माग गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘प्रदेश प्रमुखलाई आफूबाट भएको गलत निर्णयलाई सच्चाई गठबन्धन सरकार गठनका दावेदार कुलप्रसाद केसीलाई नियुक्ति र सपथ ग्रहण गराई संविधान र लोकतन्त्रको मर्यादा कायम गर्न लुम्बिनी प्रदेश प्रमुखको गम्भीर ध्यानाकर्षण गर्दछौँ ।’ उनले प्रदेश प्रमुखबाट भएको गल्ती सच्याउन भनेका छन् ।

‘राजीनामालाई सकारात्मक रुपमा लिन सकिन्छ तर अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १६८ (१) अनुरुपका सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन अनैतिक र असंवैधानिक छ ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ उनले जारी गरेको प्रेस विज्ञप्ति

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ८ : ३६ बजे

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका