मुख्यमन्त्रीको शपथलगतै पोखरेलले गरे मन्त्रिमण्डल गठन « Khabarhub

मुख्यमन्त्रीको शपथलगतै पोखरेलले गरे मन्त्रिमण्डल गठन


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले शपथ ग्रहणलगत्तै मन्त्रिमण्डल गठन गरेका छन् ।

मुख्यमन्त्रीको शपथलगतै पोखरेलले चार जना मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीमा वैजनाथ चौधरी, सन्तोष पाण्डे, हरि रिजाल र विजय यादव छन्।

चौधरी र रिजाल एमाले सांसद हुन्। पाण्डे र यादवलाई जनता समाजवादी पार्टीले सांसदबाट निष्कासन गरिसकेको छ।

मुख्यमन्त्री कार्यालयका अनुसार, चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मा दिइएको छ। भौतिक पूर्वाधार मन्त्रालय पाण्डेले पाएका छन्।

रिजाललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको छ।

नवनियुक्त मन्त्रीले आजै  पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १० : ४२ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु