सरकारी गाडी लिएर ‘डेटिङ’मा स्वयम्भू पुग्ने व्यक्तिको परिचय खुल्यो, के होला कारबाही ? « Khabarhub

सरकारी गाडी लिएर ‘डेटिङ’मा स्वयम्भू पुग्ने व्यक्तिको परिचय खुल्यो, के होला कारबाही ?


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको महामारीका कारण जारी निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुलेको छ ।

तस्वीर- पत्रकार छायाचन्द्र भण्डारीको फेसबुकबाट

गृहमन्त्रालयका एक अधिकारीका अनुसार गत आइतबार बिहान प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती लिएर स्वयम्भूमा पुगी सार्वजनिक स्थलमा अस्वभाविक गतिविधि देखाउने व्यक्त सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ सहर आयोजनाका निर्देशक रोशन श्रेष्ठ रहेको खुलेको हो ।

तस्वीर- पत्रकार छायाचन्द्र भण्डारीको फेसबुकबाटसामाजिक सञ्जालमा सार्वजनिक भिडियो र तस्वीरमा अनुहार प्रष्ट नखुले पनि गाडी नम्बरका आधारमा उनको परिचय खुलेको हो।

आइतबार बिहान करिब ११ बजेको समयमा सेतो नम्बर प्लेटको सरकारी गाडीमा युवती लिएर उनी स्वयम्भू डाँडामा पुगि ‘डेटिङमा मस्त’ रहेको तस्वीर तथा भिडियो सार्वजनिक भएको थियो ।

तस्वीर- पत्रकार छायाचन्द्र भण्डारीको फेसबुकबाट

पत्रकार छायाचन्द्र भण्डारीले स्वयम्भूको डाँडाको एक कुनामा उनीहरुको ‘मोजमस्तीमा लिप्त’ बनेको भिडियो र तस्वीर खिचेका थिए ।

तस्वीर- पत्रकार छायाचन्द्र भण्डारीको फेसबुकबाट

जोडीको उक्त हर्कतपछि पत्रकार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार दौडिए र तत्कालै गाडी स्टार्ट गरेर भागेका थिए ।

तस्वीर- पत्रकार छायाचन्द्र भण्डारीको फेसबुकबाट

बिहान ११ बजे स्वयम्भू पुगेको उक्त जोडी पत्रकार भण्डारीले प्रश्न गर्नथालेपछी १२ः४५ बजे त्यहाँबाट निस्किएका थिए ।

यस विषयमा थप अनुसन्धान भइरहेको र सत्य तथ्य बुझेर सरकारी गाडी दुरुपयोग गर्दै सार्वजनिक स्थलमा अस्वभाविक हर्कत गर्नेलाई कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए ।

यो पनि पढौँ

निषेधाज्ञाको समयमा सरकारी गाडीमै स्वयम्भू पुगेर एक जोडी ‘डेटिङमा लिप्त’

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ९ : १८ बजे

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने