एमाले स्थायी कमिटी बैठक आज पनि, पार्टी विवादकै विषय छलफलमा « Khabarhub

एमाले स्थायी कमिटी बैठक आज पनि, पार्टी विवादकै विषय छलफलमा


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे डाकिएको बैठकमा पार्टी विवादकै विषयमा छलफलको तयारी भएको छ ।

मंगलबार पनि एमाले स्थायी कमिटी बैठक भएको थियो । बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो । पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको कमिटी यथावत राखेर अघि बढ्नु पर्ने माधव कुमार नेपाल पक्षधर नेताहरुको अडान छ ।

पार्टी एकता जोगाउन प्रयासमा ओली र नेपाल पक्षीय दोस्रो तहका नेताहरू निरन्तर संवादमा जुट्दै आएका छन् । सोमबार राति पार्टी एकताबारे दरबारमार्गस्थित एक होटलमा दोस्रो तहका नेताहरूबीच करिव चार घन्टा छलफल भएको थियो ।

सोही छलफल सकारात्मक भएको बिफ्रिङपछि ओलीले एमालेमा स्पष्टीकरण सोधिएका घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडाको थप कारबाही रोकेका थिए ।

यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको थियो ।

पार्टी एकता जोगाउन ओली र नेपालले गत जेठ २ गते १० सदस्यीय कार्यदल गठन गरेर विवाद समाधानको प्रयास भइरहँदा जेठ ७ मा भएको राष्ट्रियसभा उपचुनावमा रामबहादुर थापा ‘बादल’ लाई हराउन नेपाल पक्षीय सांसदले ‘अन्तरघात’ गरेपछि एकता प्रयास भाँडिएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ११ : ३५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु