एमाले स्थायी कमिटी बैठक आज पनि, पार्टी विवादकै विषय छलफलमा « Khabarhub

एमाले स्थायी कमिटी बैठक आज पनि, पार्टी विवादकै विषय छलफलमा


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे डाकिएको बैठकमा पार्टी विवादकै विषयमा छलफलको तयारी भएको छ ।

मंगलबार पनि एमाले स्थायी कमिटी बैठक भएको थियो । बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो । पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको कमिटी यथावत राखेर अघि बढ्नु पर्ने माधव कुमार नेपाल पक्षधर नेताहरुको अडान छ ।

पार्टी एकता जोगाउन प्रयासमा ओली र नेपाल पक्षीय दोस्रो तहका नेताहरू निरन्तर संवादमा जुट्दै आएका छन् । सोमबार राति पार्टी एकताबारे दरबारमार्गस्थित एक होटलमा दोस्रो तहका नेताहरूबीच करिव चार घन्टा छलफल भएको थियो ।

सोही छलफल सकारात्मक भएको बिफ्रिङपछि ओलीले एमालेमा स्पष्टीकरण सोधिएका घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडाको थप कारबाही रोकेका थिए ।

यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको थियो ।

पार्टी एकता जोगाउन ओली र नेपालले गत जेठ २ गते १० सदस्यीय कार्यदल गठन गरेर विवाद समाधानको प्रयास भइरहँदा जेठ ७ मा भएको राष्ट्रियसभा उपचुनावमा रामबहादुर थापा ‘बादल’ लाई हराउन नेपाल पक्षीय सांसदले ‘अन्तरघात’ गरेपछि एकता प्रयास भाँडिएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ११ : ३५ बजे

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि

सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा करिब १० खर्ब

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन– सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज