कतार- काठमाडौँ सातामा दुई उडान हुने | Khabarhub Khabarhub

कतार- काठमाडौँ सातामा दुई उडान हुने


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारबाट स्वदेश फर्किने नेपालीहरुका लागि आगामी जेठ २४ गतेदेखि सातामा नियमित दुइ उडान हुने भएको छ ।

कतारस्थित नेपाली दूतावासले एक सूचना प्रकाशित गर्दै आगामी जेठ २४ गते अर्थात जुन ७ तारिखदेखि काठमाण्डौ र दोहाबीच नियम उडान हुने जनाएको छ ।

नेपाल एयरलाइन्स र कतार एअरवेजलाई साताको एक एक उडान संचालन गर्न अनुमति दिएको सूचना नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्रकाशित गरेको छ । उक्त सूचना सम्बन्धित सबैको जानकारीका लागि दूतावासको आधिकारिक फेसबुक पेजबाट पनि सार्वजनिक गरिएको जनाएको छ ।

स्वदेश फिर्तिको पर्खाइमा रहेका नेपालीहरुले टिकट खरिद तथा अन्य जानकारीका लागि सम्बन्धित एअरलाईन्सका आधिकारीक ट्राभल एजेन्सीमा सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

नियमित उडान खोल्न दिने निर्णय गरेसँगै कतारबाट स्वदेश फर्किने तयारीमा रहेका हजारौं नेपालीहरुले खुशी व्यक्त गरेका छन् भने हप्तामा दुई उडान मात्र नभएर हरेक दिन उडान हुनुपर्ने उनीहरुले माग गरेका छन् ।

खास गरी उडान बन्द हुनु अगाबै टिकट लिएर बसेका, करार अवधि सकिएर स्वदेश र्फकने क्रममा रहेका, भिजिट भिसाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका बसेका नेपाली श्रमिकहरु बढी समस्यामा रहेका छन् ।

यी उडानबाट स्वदेश फर्किने यात्रुहरुले पाँच दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । होटेल क्वारेन्टिनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घर जान दिइनेछ ।

तर, आफ्नो धर्म, रितीरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कार (काजक्रिया)मा सहभागी हुन विदेशबाट फर्किएकाको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिने अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घर जान दिइने छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ११ : ५० बजे

भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित समातिए, अन्य कर्मचारी पनि पक्राउ

काठमाडौं- भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार

अर्थ मन्त्रालयको महाशाखाजस्तो संरचनाले वैकल्पिक वित्त परिचालन सम्भव छैन : पूर्वअर्थमन्त्री पुन 

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले

‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सञ्चालन गरेको ‘ग्रास रुट’ अभियानले

मदन भण्डारीको ७५औं जन्मजयन्ती तीन वर्षसम्म मनाइने

काठमाडौं- जननेता मदन भण्डारीको ७५औं जन्मजयन्ती वर्षलाई विविध रचनात्मक कार्यक्रमसहित

स्याफ्रुबेँसी-रसुवा सडक : ९० प्रतिशत काम सम्पन्न, स्थानीयलाई राहत

रसुवा– स्याफ्रुबेँसी–रसुवागढी खण्डको बिग्रेको राजमार्गको करिब ९० प्रतिशत मर्मत काम