कतार- काठमाडौँ सातामा दुई उडान हुने « Khabarhub

कतार- काठमाडौँ सातामा दुई उडान हुने


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारबाट स्वदेश फर्किने नेपालीहरुका लागि आगामी जेठ २४ गतेदेखि सातामा नियमित दुइ उडान हुने भएको छ ।

कतारस्थित नेपाली दूतावासले एक सूचना प्रकाशित गर्दै आगामी जेठ २४ गते अर्थात जुन ७ तारिखदेखि काठमाण्डौ र दोहाबीच नियम उडान हुने जनाएको छ ।

नेपाल एयरलाइन्स र कतार एअरवेजलाई साताको एक एक उडान संचालन गर्न अनुमति दिएको सूचना नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्रकाशित गरेको छ । उक्त सूचना सम्बन्धित सबैको जानकारीका लागि दूतावासको आधिकारिक फेसबुक पेजबाट पनि सार्वजनिक गरिएको जनाएको छ ।

स्वदेश फिर्तिको पर्खाइमा रहेका नेपालीहरुले टिकट खरिद तथा अन्य जानकारीका लागि सम्बन्धित एअरलाईन्सका आधिकारीक ट्राभल एजेन्सीमा सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

नियमित उडान खोल्न दिने निर्णय गरेसँगै कतारबाट स्वदेश फर्किने तयारीमा रहेका हजारौं नेपालीहरुले खुशी व्यक्त गरेका छन् भने हप्तामा दुई उडान मात्र नभएर हरेक दिन उडान हुनुपर्ने उनीहरुले माग गरेका छन् ।

खास गरी उडान बन्द हुनु अगाबै टिकट लिएर बसेका, करार अवधि सकिएर स्वदेश र्फकने क्रममा रहेका, भिजिट भिसाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका बसेका नेपाली श्रमिकहरु बढी समस्यामा रहेका छन् ।

यी उडानबाट स्वदेश फर्किने यात्रुहरुले पाँच दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । होटेल क्वारेन्टिनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घर जान दिइनेछ ।

तर, आफ्नो धर्म, रितीरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कार (काजक्रिया)मा सहभागी हुन विदेशबाट फर्किएकाको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिने अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घर जान दिइने छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ११ : ५० बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई