रेष्टुरेन्टको मेन्युमा सनी र मिया | Khabarhub Khabarhub

रेष्टुरेन्टको मेन्युमा सनी र मिया


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)-बलिउड अभिनेत्री सनी लियोनी सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन् । सनीलाई मानिसहरु पर्दामा मात्र होइन, वास्तविक जीवनमा पनि उत्तिकै मनपराउछन् ।

हालै सनीले सामाजिक सञ्जालमा एउटा यस्तो तस्वीर शेयर गरेकी छन् । जुन तस्वीर हेर्दा उनको लोकप्रियता कतिसम्म छ भनेर थाहा पाउन सकिन्छ ।

तस्वीरमा नयाँदिल्लीको एक रेष्टुरेन्टले खानेकुराको मेन्युमा सनीको नाम राखेको देख्न सकिन्छ । रेष्टुरेन्टको लोकप्रिय चप डिसमा सनीसँगै अर्की पूर्व पोर्न स्टार मिया खलीफाको नाम राखिएको छ ।

सामाजिक सञ्जालमार्फत सनीमाझ यो तस्वीर पुगेपछि उनीले नै आफ्नो एकाउण्टमा शेयर गरेकी हुन् । उनले तस्वीरमा प्रतिक्रिया पनि दिएकी छन् ।

रेष्टुरेन्टको मेन्युमा सनी लियोनी चप, बेबी डल चप र मिया खलीफा चप लेखिएको छ । तस्वीरमा सनीले ‘लोल’ लेखेर प्रतिक्रिया दिएकी छन् ।

सनीको इन्स्टाग्राममा करिब ४ दशमलब ५ करोड बढी फलोअर्स छन् । सामाजिक सञ्जालमा सक्रिय उनले कुनै तस्वीर पोस्ट गर्नासाथ भाइरल भइरहन्छ ।

कामको कुरा गर्दा सनी पछिल्लोपटक वेब सिरिज ‘बुलेट्स’मा देखिएकी थिइन् । सिरिजमा करिश्मा तन्ना पनि प्रमुख भूमिकामा थिइन् ।

उनी चाँडै ‘शेरो’मा देखिँदैछिन् । यसबाहेक उनी वेब सिरिज ‘अनामिका’मा पनि आउदैछिन् ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १ : १४ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई