पाकिस्तानमा टीटीपीका दुई शङ्कास्पद सदस्य मारिए « Khabarhub

पाकिस्तानमा टीटीपीका दुई शङ्कास्पद सदस्य मारिए


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीले गरेको कारबाहीमा आत्मघाती आक्रमणकारीसहित दुई आतङ्ककारी मारिएका छन् भने अर्का एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार लाक्की मारवत जिल्लामा कालो सिसा भएको एउटा शङ्कास्पद सवारीसाधन रहेको सूचना पाएपछि कारबाही अघि बढाइएको थियो । प्रहरी टोली घटनास्थलमा पुग्नासाथ सवारीसाधनमा रहेका शङ्कास्पद व्यक्तिहरूले गोली चलाएका थिए । त्यसपछि प्रहरीले गरेको जवाफी कारबाहीमा दुई जना मारिएका थिए भने घाइते भएका अर्का एक जना फरार भएका थिए ।

प्रहरीले उक्त सवारीसाधनबाट हतियार, गोलीगठ्ठा, प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान ९टीटीपी० को झण्डा र अन्य शङ्कास्पद सामग्री बरामद गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार ती व्यक्तिहरू ठूलो आतङ्कवादी आक्रमणको तयारीमा रहेको आशङ्का गरिएको छ ।

प्रहरीको समयमै भएको कारबाहीले सम्भावित आक्रमण विफल भएको प्रहरीको भनाइ छ । फरार व्यक्तिको खोजी तथा मारिएका व्यक्तिहरूको पहिचानका लागि प्रहरीले आतङ्कवादविरोधी विभागसँगको समन्वयमा खोजी अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ८ : ५१ बजे

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा थापा नियुक्त

काठमाडाैं – सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

काठमाडौं – सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृतमा

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

ललितपुर – नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक

पाकिस्तानमा टीटीपीका दुई शङ्कास्पद सदस्य मारिए

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीले गरेको कारबाहीमा