यस वर्ष पनि एसईई प्रश्नपत्र व्यर्थ | Khabarhub Khabarhub

यस वर्ष पनि एसईई प्रश्नपत्र व्यर्थ


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि तयार गरिएको प्रश्नपत्र खेर जाने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले आन्तिरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि प्रश्नपत्र काम नलाग्ने भएको हो ।

एसईईको मूल्याङ्कन विद्यालय नै गर्ने भएपछि प्रश्नपत्रका खेर जाने सम्भावना देखिएको एसईई नियन्त्रक रुद्र अधिकारीले बताए ।

उनका अनुसार २०७७ को एसईईका लागि ५ लाख १७ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । परीक्षाका लागि सबै विषयको प्रश्नपत्र छपाइ सकिएको थियो । जिल्लासम्म ढुवानी भने गरिएको थिएन ।

गत वैशाख २७ गते राष्ट्रिय परीक्षा बोर्डले पूर्वनिर्धारित परीक्षा स्थगित गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा परीक्षाको प्रक्रियाबारे अध्ययनको लागि ५ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा गत आइतबार बोर्डले शिक्षा मन्त्रालयलाई वैकल्पिक विधिबाट एसईई गर्न सिफारिस गरेको थियो ।

कोरोनाकै कारण २०७६ सालको एसईई पनि स्थगित हुँदा प्रश्नपत्र खेर गएको थियो । गत वर्ष पश्नपत्र ढुवानी समेत भइसकेको थियो ।

प्रश्नपत्रको खर्च

२०७७ को एसईईको लागि प्रश्नपत्रमा २ करोड रुपैयाँभन्दा बढी खर्च लागेको परीक्षा नियन्त्रक अधिकारीले बताए ।

उनले भने, ‘प्रश्नपत्र छापेको बिल नआइसेकाले ठ्याकै भन्न सकिएन तर २ करोडभन्दा माथि नै खर्च आउने अनुमान गरिएको छ ।

प्रश्नपत्र तयार गर्दा २५ दिन लागेको उनले बताए । उनका अनुसार प्रश्नपत्र छपाइमा परीक्षा बोर्ड र जनक शिक्षा सामग्री केन्द्रका प्रतिनिधि, कर्मचारी तथा सुरक्षाकर्मी समेत सय जना जति परिचालन भएका हुन्छन् । गत वर्ष प्रश्नपत्र छपाइमा २ करोड २० लाख रुपैयाँ खर्च भएको पूर्वपरीक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १२ : ५५ बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका