के गर्दैछन् मनीषाका पहिलो अनस्क्रिन बलिउड प्रेमी ? « Khabarhub

के गर्दैछन् मनीषाका पहिलो अनस्क्रिन बलिउड प्रेमी ?


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपीलाइभ)- बलिउडमा आएका कैयौं स्टार ‘वन फिल्म वण्डर’ साबित हुँदै गएका छन् । जसमा अभिनेता विवेक मुश्रान पनि पर्छन् ।

विवेकले सन् १९९१ मा रिलिज फिल्म ‘सौदागर’बाट बलिउडमा डेब्यू गरेका थिए । फिल्ममा उनको अपोजिटमा मनीषा कोइराला थिइन् । मनीषाको पनि यो डेब्यू फिल्म नै थियो ।

यो फिल्म रिलिज ताका उनीहरुको जोडीलाई दर्शकले निकै मनपराएका थिए । खास गरी यो फिल्मको गीत ‘इलू इलू’मा उनीहरुको केमेस्ट्री अत्यधिक मनपराइएको थियो ।

फिल्ममा विवेक र मनीषाले दिलीप कुमार र राजकुमार जस्ता भेट्रान कलाकारसँग अभिनय गर्ने मौका पाएका थिए । यो फिल्म बक्सअफिसमा हिट साबित भएको थियो ।

यो फिल्म पछि विवेकको अभिनय करियले नयाँ उचाइ छुनेमा फिल्मकर्मीहरु विश्वस्त थिएन । तर त्यसो हुन सकेन ।

उनले ‘राम जाने’, ‘ऐसी भी क्या जल्दी है’, ‘फस्ट लभ लेटर’, ‘अनजाने’ जस्ता फिल्ममा काम गरे । यी फिल्मले उनलाई ‘सौदागर’ले जस्तो सफलता दिलाउन सकेन ।

आजकल विवेक कैयौं फिल्ममा सहायक भूमिकामा देखिन थालेका छन् । उनले एक अन्तरवार्तामा आफू सफल नहुनुको कारण नै खुलाएका छन् ।

‘मानिसहरुले मलाई ‘सौदागर’को ‘इलू–इलू’वाला पहिचानबाट अगाडि हेर्नै पाएनन् । मेरो प्रतिभाको प्रयोग नै हुन सकेन । अभिनेताका रुपमा मलाई राम्रो मौका दिइएन । मैले केही भूमिकाबाट आफ्नो पहिचान तोड्ने पनि प्रयास गरेँ तर त्यसलाई स्वीकार गरिएन । उद्योग आफ्नो स्वार्थमा काम गर्छ, जसलाई तोड्न मुस्किल पर्छ’, उनले भनेका छन् ।

विवेक फिल्म ‘वीरे दी वेडिङ’मा एक समलिंगी पुरुषको भूमिकामा देखिएका थिए । अहिले उनी सहायक भूमिकाबाटै आफ्नो करियर चलाउन बाध्य छन् ।

उमेरले ५१ वर्षमा हिँड्दै गरेका यी अभिनेताले ‘सोन परी’, ‘किटी पार्टी’, ‘भास्कर भारती’ जस्ता टेलिफिल्ममा पनि काम गरेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  २ : १० बजे

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र