नेप्से ५६ अंकले बढ्यो, ११ अर्ब ३५ करोडको कारोबार « Khabarhub

नेप्से ५६ अंकले बढ्यो, ११ अर्ब ३५ करोडको कारोबार


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शेयर बजार परिसूचक नेप्से बुधबार करिब ५६ अंकले बढेर २ हजार ८ सय २७.१२ बिन्दुमा पुगेको छ ।

लगातार दुई दिन घटेको नेप्से आज ५५.७६ अंकले बढेको हो । आज सामूहिक लगानी कोष बाहेक सबै उपसमूहको परिसूचक बढेका छन् ।

करिब सवा एक लाख कारोबारबाट २ सय १९ कम्पनीका २ करोड २६ लाख १३ हजार कित्ता शेयर किनबेच भए । ती किनबेचबाट ११ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको जनाइएको छ ।

आज नेप्से वृद्धिसँगै सेन्सेटिभ परिसूचक १.५७ प्रतिशत र फ्लोट परिसूचक १.७ प्रतिशतले बढेको छ ।

आज राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर २३ हजार ५९४ रुपैयाँ पुगेको छ। सानिमा माई हाइड्रोको सर्किट लागेर मूल्य ५०६ रुपैयाँ पुगेको छ। त्यसैगरी मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स लगायत १२ कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ८ : १९ बजे

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले