अदालती सुनुवाईमा ‘लाल–लाल होंठों पे’ गीत बजेपछि… « Khabarhub

अदालती सुनुवाईमा ‘लाल–लाल होंठों पे’ गीत बजेपछि…


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेत्री जुही चावलाले फाइभी प्रविधिविरुद्ध अदालतमा दिएको उजुरीमा दिल्ली उच्च अदालतमा बुधबार अनलाइन सुनुवाई भएको छ ।

अदालतका न्यायधिश जेआर मीढाको बेञ्चले उजुरीकर्ताको कुरा सुनिरहँदा त्यहाँ एकपछि अर्को गर्दै फिल्मका गीत बज्न थाले ।

जुहीले सुनुवाईको भिडियो लिंक सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । त्यही लिंकमा कैयौं मानिस जोडिएका थिए । सुनुवाईका बीचमा एक व्यक्ति पटक पटक गीत गाउदै हराउने गर्दथे । उनले पहिलो गीत सन् १९९३ को फिल्म ‘हम हैं राही प्यार’को गीत ‘घूंघट की आड से’ गाए ।

त्यसको केही बेरपछि जुहीको सन् १९९५ को फिल्म ‘नाजायज’ को गीत ‘लाल–लाल होंठों पे’ गीत गाए । तेस्रो पटक भने ती व्यक्तिले जूहीकै सन् १९९३ मा रिलिज फिल्म ‘आईना’को ‘मेरी बन्नो की आएगी बारात’ गाए ।

गीतका कारण केही बेर रोकिएको सुनुवाई उक्त व्यक्तिलाई पेजबाट हटाएपछि पुनः सुरु भएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १० : ३० बजे

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७