धौलागिरि हिमालको फोहोर संकलन र प्रशोधन गर्न युनिलिभरको सहयोग « Khabarhub

धौलागिरि हिमालको फोहोर संकलन र प्रशोधन गर्न युनिलिभरको सहयोग


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युनिलिभरले धौलागिरि हिमालको फोहोर संकलन र प्रशोधन गर्न सहयोग गरेको छ ।

‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंशका रूपमा ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग यनिलिभरले हातेमालो गरेको हो ।

नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले उक्त सहयोगका लागि युनिलिभर नेपाललाई बधाइ दिएका छन् ।

‘सफा हिमाल अभियानलाई सहयोगका लागि म युनिलिभर नेपाललाई धन्यवाद दिन चाहन्छु । हिमालय श्रृङ्खला सफा राख्ने यो पहलबाट तपाईंहरूले सबै नेपालीको मनलाई छुनु भएको छ,’ सहायक रथी खड्काले भने ।

कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले पठाएको सन्देशमा भनिएको छ, ‘प्राकृतिक संसार हराउँदै गएको छ र यो डरलाग्दो दरले क्षतिग्रस्त हुँदै गएको छ र यो अवस्थालाई उल्ट्याउनका लागि युनिलिभर नेपालले धौलागिरि हिमाल सफा गर्र्नुभन्दा राम्रो मुद्दा अर्को हुन सक्दैन अनि यसका लागि सबैभन्दा विश्वासिलो साझेदार नेपाली सेना नै हो ।’

यो अभियानअन्तर्गत धौलागिरी हिमालबाट ५०२० किलो फोहोर संकलन गरिएकोमध्ये सड्ने–कुहिने तीन सय किलो फोहोर धौलागिरी गाउँपालिकालाई बुझाइएको थियो भने नकुहिने चार हजार सात सय २० किलो फोहर पुन:प्रशोधन (रिसाइकल) गरि व्यवस्थापन गर्ने प्रयोजनको लागि हस्तान्तरण गरिएको छ । युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध रहेको बताएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ६ : १९ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा