एमाले बैठक : ओली र नेपालबीच फोन संवाद, बामदेव बालुवाटरमा « Khabarhub

एमाले बैठक : ओली र नेपालबीच फोन संवाद, बामदेव बालुवाटरमा


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेरै केन्द्रीय कमिटी बैठकमा बोलाएका छन् ।

दुई नेताबीच शुक्रबार बिहान फोन संवाद भएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

फोन संवादमा अध्यक्ष ओलीले बैठकमा आउन नेता नेपाललाई आग्रह गरेका थिए। उनले आफूलाई चित्त नबुझेको कुरा बैठकमै आएर राख्न आग्रह गरेको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्ने नेता तामाङले जानकारी दिए ।

यसैबीच बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम बालुवाटार गएका छन् । गौतमका छोरा तथा एमाले बर्दियाका नेता हरिश गौतमले उपाध्यक्षको हैसियतमा गौतमलाई प्राप्त भएको बताउँदै उनी बैठकमा सहभागी हुन बालुवाटार प्रस्थान गरेको बताए ।

माधव नेपाल पक्षले भने आजको बैठक स्थगित गर्न र अझै सहमतिको लागि छलफल गर्न माग गरेको छ । हिजो बसेको नेपाल पक्षका नेताहरुको बैठकले प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै