कावासोतीले ल्यायो ९६ करोडको बजेट « Khabarhub

कावासोतीले ल्यायो ९६ करोडको बजेट


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ९६ करोड ३४ लाख ३८ हजार बराबरको अनुमानित बजेट ल्याएको छ ।

बिहीबार आयोजित नवौँ नगरसभामा नगर उपप्रमुख प्रेमशङ्कर मर्दनियाले सङ्घीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा सहयोग र नगरपालिकाको अनुमानित आन्तरिक आम्दानीसहित जम्मा रु ९६ करोड ३४ लाख ३८ हजार बराबरको बजेट सार्वजानिक गरेका हुन् ।

मर्दनियाले बिहीबार नगरसभामा प्रस्तुत गरेको बजेटमा सङ्घीय सरकारको सशर्त अनुदानबाट रु ४१ करोड ६४ लाख, सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट रु १८ करोड १५ लाख, प्रदेश सरकारको समपूरक अनुदानबाट रु एक करोड, प्रदेश सरकारको समानीकरण अनुदानबाट रु दुई करोड २२ लाख ९९ हजार, राजस्व बाँडफाँटबाट रु २३ करोड ५७ लाख चार हजार र आन्तरिक आयतर्फ रु नौ करोड ७५ लाख ३५ हजार आम्दानी हुने अपेक्षा गरिएको छ ।

बजेट सार्वजनिक गर्दै उपप्रमुख मर्दनियाले कोरोना सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई रु ५० हजारका दरले आर्थिक सहयोग गरिने बताए।

त्यस्तै बजेटमा नगरभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थीहरुका लागि निःशुल्क पाठ्यपुस्तकको व्यवस्था, सङ्घीय सरकाकरले दिएको तलबमा थप गरी नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ताको तलब रु १७ हजार, लेखापालको रु १७ हजार ५०० र विद्यालय कर्मचारीको तलब रु १५ हजार पुर्‍याइने गरी व्यवस्था गरिएको मर्दनियाको भनाइ छ ।

नगरपालिकाको बजेटमा नगरभित्रका क्रियाशील पत्रकारका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिने, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण कार्यक्रमको निरन्तरता, एक वाड एक खेल मैदान, प्याराग्लाइडिङ सञ्चालनका लागि पूर्वाधार सुधार, नारायणी सभ्यता बचाउ अभियान, कुमारवर्ती, मध्यविन्दु र लुम्बिनी क्याम्पसमा सिसी क्यामेरा जडान, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानजनक बिदाइलगायतका कार्यक्रम समेटिएको छ । कावासोती नगरपालिकाको नवौँ नगरसभाको अध्यक्षता नगर प्रमुख चन्द्रकुमारी पुनले गरेकी थिइन ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १ : १७ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका