कोभिडका बिरामी घटेसँगै सुत्केरी सेवा लिने बढे | Khabarhub Khabarhub

कोभिडका बिरामी घटेसँगै सुत्केरी सेवा लिने बढे


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर अस्पतालमा कोभिडका बिरामी घटेसँगै सुत्केरी सेवा लिनेको सङ्ख्या बढेको छ । कोभिडका बिरामी बढी हुँदा जोखिम वढ्न सक्ने भन्दै बाहिर महङ्गो खर्चमा सुत्केरी गराउने गरिएको थियो ।

भरतपुर अस्पतालमा निःशुल्क प्रसूति सेवा दिइन्छ । शल्यक्रिया गर्नुपरेमा त्यही सेवाका लागि नीजिमा चर्को शुल्क असुल्ने गरिन्छ । अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पोख्रेल कोभिडका बिरामी घटेसँगै प्रसूतिका बिरामी बढेको बताउँछन् ।

कोभिडका बिरामी धेरै हुँदा दैनिक १२ देखि १५ जना अस्पतालमा सुत्केरी हुने गरेकोमा यो सङ्ख्या बढेर २० देखि २५ पुगेको उनको भनाइ छ ।

विगतका वर्षहरुमा अस्पतालमा दैनिक ३५ देखि ५० जना सम्मले सो सेवा लिएको स्मरण गर्दै उनले क्रमशः बढ्दै जाने बताए । प्रसूति मध्ये ३६ प्रतिशत हाराहारीको शल्यक्रिया गरिने गरेको पोख्रेल बताउँछन । विगतमा यो प्रतिशत ३० हाराहारी थियो । कोभिडका बिरामी वढ्दै गर्दा पनि भरतपुर अस्पताल सुत्केरीका लागि सुरक्षित रहेको उनको तर्क छ । अस्पतालको स्त्रीरोग विभागमा १२ विषेशज्ञ चिकित्सकसहित स्नातकोत्तर गर्दै गरेका चिकित्सक र ७० नर्स छन् ।

अस्पतालका रहेका क्याविनमा कोभिडका बिरामी रहेकाले सुत्केरी भएकालाई समस्या भएको छ । हाल १४ पुराना क्याविन वाहेक अन्यत्र सबैमा कोभिडका बिरामी छन् । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले यो हप्ता हेरेर अर्को हप्ताबाट कोभिडका बिरामी राखिएको क्याविन खाली गरेर सुत्केरी लगायतका बिरामीलाई दिइने जानकारी दिए ।

अस्पतालका सूचना अधिकारी लिलाधर पोडेलले असार १ गते १२ जना सुत्केरी भएकोमा १५ गते २४ पुगेको जानकारी दिए । अस्पतालमा एक सय ९० कोभिडका बिरामी राख्न मिल्छ । कोभिडका बिरामी बढ्दा जेठको पहिलो साता अधिकांश शय्या भरिएको पौडेलले जानकारी दिए ।

आज यो सङ्ख्या ७० मा झरेको छ । अस्पतालमा कोरोना सङ्क्रमित महिलाकोसमेत प्रसूति गरिन्छ । निजी अस्पतालले प्रसूति गराउनु पर्ने महिला सङ्क्रमित भएमा पनि भरतपुर अस्पताल पठाउने गर्दछन् । कोरोना सङ्क्रमण देखिए यता अस्पतालमा ३२ सङ्क्रमितले सुत्केरी सेवा लिइ सकेका छन् । ती मध्ये १० जनाको शल्यक्रिया गरिएको हो । पौडेलले सङ्क्रमित प्रसूतिका बिरामीलाई राख्ने र शल्यक्रिया गर्ने ठाउँ छुट्टै भएकाले आमाहरुले सुरक्षित महशुश गर्ने गरेको जानकारी दिए ।

राजधानीको प्रसूति गृहपछि देशमानै सबैभन्दा बढी सुत्केरी हुन यहाँ आउने गर्दछन् । पौडेलका अनुसार एक वर्षमा १४ हजार हाराहारीले यहाँबाट सेवा लिने गरेका छन् । यहाँ चितवन सहित १९ जिल्लाका महिला प्रसूतिलाई आउँछन् । धेरै मकवानपुर, नवलपरासी र गोरखाका हुन्छन् । कोभिडका कारण टाढाका सुत्केरीले जिल्ला अस्पतालमा सेवा लिने गरेपनि पछिल्ला दिनमा ती जिल्लाका बिरामी आउनेक्रम बढेको छ । अस्पतालमानै शिशु सघन उपचार कक्ष समेत भएकाले सहज भएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १ : ४५ बजे

महिला भलिबल लिगमा आज अन्तिम चरणका खेल हुँदै

काठमाडौं– जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत आज लिग चरणका

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौं– हालैको बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु भएको

तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै

दमौली– सडक निर्माण भएको २५ वर्षपछि भिमाद नगरपालिका–१ भएर बग्ने

नेपालगञ्जमा ऐतिहासिक रामलीला सुरु

राँझा – नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीला मञ्चनको एक

पसलेले महंगोमा बेच्यो ? ११३७ मा फोन गर्नुहोस् !

काठमाडौं- देशभर बाढी र पहिरोबाट सडक सञ्जाल अवरुद्ध भएका छन्