बन्ध्याकरण गर्ने दम्पतीलाई सबै करमा छुट | Khabarhub Khabarhub

बन्ध्याकरण गर्ने दम्पतीलाई सबै करमा छुट


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिकाले छोरीमात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट दिने नीति अवलम्बन गरेको छ । ‘लैङ्गिक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरीमात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको हो ।

छोरी २० वर्ष नपुग्दासम्म नगरपालिकाबाट लगाइने सम्पत्ति करलगायत सबै करमा २० प्रतिशत छुट दिने नीति नगरसभाबाट पारित भएको उपप्रमुख मीरा जोशीले जानकारी दिइन ।

नगरपालिकाले ‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’ अभियानमा छोरीको २० वर्ष पुगेपछि मात्र विवाह गर्नेलाई नगद सहयोग गर्ने प्रबन्ध मिलाउने भएको छ । दलित, बोटे, दरै, कुमाल, चेपाङका छोरीलाई सम्मान गर्दै त्यस्ता छोरीको विवाहमा नगद सहयोग गरिने र २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचारप्रसार एवं अभिमुखीकरण कार्यक्रमलाई तीव्र बनाइने उपप्रमुख जोशीले बताए ।

नगरपालिकाले महिलाको क्षमता विकास एवं सीप विकास गरी आत्मनिर्भर बनाउन ‘उपप्रमुख महिला सीप विकास कार्यक्रम’ सञ्चालन गर्ने नीति लिएको छ ।

नगरपालिकाभित्र स्थायी बसोबास गर्ने स्नातक तहसम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदान, स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग, ‘महिलासँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत गर्भवतीको पोषणमा सहयोग गर्ने नीति पारित गरिएको छ ।

उच्च शिक्षा अध्ययन गर्ने आर्थिक रुपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति, दलित, सीमान्तकृत, लोपोन्मुख जाति एवं मुस्लिम समुदायका महिलालाई नेतृत्व विकास एवं सीप विकासका कार्यक्रम सञ्चालन गरिनेछ । नगरपालिकाले सबै जातजातिको मौलिक संस्कृति संरक्षण गर्दै कुसुण्डा, बोटे, चेपाङ, दरै, कुमाल, मगर, गुरुङ, नेवार, मुस्लिम, अन्य जातका सांस्कृतिक एवं जीवन उपयोगी सीपमूलक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  २ : ०८ बजे

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना

प्यालेस्टाइनलाई बेलायतले पनि एक राज्यकारूपमा मान्यता दिने

लन्डन – गाजा युद्धलाई लिएर इजरायललाई दबाब दिन धेरै राष्ट्रहरू

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर

भवन जलेपछि गण्डकी प्रदेशसभाको कामकारबाही अनिश्चित

गण्डकी – ‘जेनजी’ प्रदर्शनका क्रममा गण्डकी प्रदेशसभा भवन जलाइएपछि प्रदेशसभा