विश्वका एक चौथाइ जनसंख्यालाई अझै पनि सफा पानीको अभाव « Khabarhub

विश्वका एक चौथाइ जनसंख्यालाई अझै पनि सफा पानीको अभाव


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका झण्डै एक चौथाइ जनसङ्ख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ ।

गत वर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वका हरेक चार मध्ये १ जनालाई शुद्ध र सफा खानेपानीको अभाव रहेको देखाएको हो ।

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक गरेको विवरणमा खानेपानीको अभावको अवस्था नराम्रो देखिएको उल्लेख छ ।

सफा पानीको उपभोग गर्न नपाएकाहरुलाई विभिन्न प्रकारका रोगहरुको समस्या हुन सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्नुपर्नेमा दुवै निकायका अधिकारीहरुले जोड दिएका छन् ।

उनीहरुले कोरोनाभाइरसको महामारीको असर पनि सफा पानी खान नपाउनेहरुलाई बढी पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कोरोनाबाट बच्नका लागि सफा पानी र साबुनले हात धुन अनिवार्य रहेकाले पनि सफा पानीको अभावमा कोरोनाभाइरसबाट बच्न गाह्रो हुने अधिकारीहरुले उल्लेख गरेका छन् ।

एक तथ्यांक अनुसार विश्वका हरेक १० मध्ये ३ जनाले साबुन पानीले पर्याप्त हात धुन नपाएको देखिएको छ ।

“कोरोनाभाइरसबाट जोगिनका लागि हात धुने कार्य अति महत्वपूर्ण कार्य हो, यो नै अति धेरै प्रभावकारी उपाय हो, त्यसैगरी अन्य धेरै रोगहरुबाट जोगिन पनि सफा पानीले हात धुनु पर्दछ, त्यसैले आम मानिसलाई रोगबाट बचाउन सफा पानीको आवश्यकता पर्दछ,” विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदानोम घेब्रेयससले भने ।

त्यसैगरी युनिसेफका कार्यकारी निर्देशक हेनरैत्ता फोरले पनि विश्वका लाखौँ बालबालिका सफा पानी उपभोग गर्न बन्चित हुनु दुःखद कुरा भएको बताए ।

तर पहिलाको भन्दा अहिले सफा पानीको प्रयोग गर्न पाउनेहरुको संख्यामा भने वृद्धि भएको उनले जानकारी दिए । सन् २०१६ देखि सन् २०२० सम्ममा सफा पानीको प्रयोग गर्न पाउनेको संख्यामा चार प्रतिशतले वृद्धि भएको उल्लेख गरे ।

उनका अनुसार सन् २०१६ मा विश्वका ७० प्रतिशतले मात्रै सफा पानी प्रयोग गर्न पाएको तथ्यांक सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ३ : १५ बजे

तीन दिन पार्टीबारे सोचौँ, त्यसपछि देशको बारेमा सोचौँला : वालेन्द्र

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले जनताको मन

मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नु पर्दैन : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्ने

एमाले नेता प्रदीपलाई बालेनको झटारो : गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ

काठमाडौं- प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले

वैतेश्वरमा १०८ फिट अग्लो नागदेवताको मूर्ति निर्माण

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकास्थित वैतेश्वर महादेव मन्दिर परिसरमा १०८ फिट

विगतका गल्ती स्वीकार्दै गगनले भने : १० वर्षयता मेरै पार्टीका निर्णयले शिर निहुरियो, रास्वपासँग सिक्न तयार छौं’

चितवन- नेपाली कांग्रेसका सभापति गगनुकमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)