टिभिएसको ‘साथ छ हाम्रो’ योजना सार्वजनिक « Khabarhub

टिभिएसको ‘साथ छ हाम्रो’ योजना सार्वजनिक


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड-१९ को दोस्रो लहरले निम्त्याएको असहज परिस्थिति र निराशालाई मध्यनजर गर्दै जीवनयापन सहज बनाउँदै अघि बढ्न टिभिएसले ‘साथ छ हाम्रो’ योजना अघि ल्याएको छ।

यस योजनाअन्तर्गत टिभिएसको कुनैपनि मोटर्साइकल वा स्कुटरको खरिदमा रू ८,००० पक्कापक्की डिस्काउन्टको व्यवस्था गरिएको छ। यसै गरि किस्ताबन्दीमा मोटरसाइकल वा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सिमित अवधिसम्म ० प्रतिशत व्याजदरको समेत विशेष सुविधा रहेको छ।

आउँदो केहि समयमा नयाँ आर्थिक बर्षको सुरुवात र कर प्रणालीमा वृद्धि जस्ता कारणले मोटरसाइकल र स्कुटर दुवैको दाम बढ्ने सम्भावना ज्यादा रहेकोले पुरानै र सस्तो मुल्यमा नयाँ साधन किन्ने यो योजना अन्तिम अवसर रहेकाले पनि ग्राहक वर्गमा यो योजना निकै नै आकर्षक रहेको छ। यस योजना देशका सम्पूर्ण टिभिएस स्वरुमहरुमा लागू हुनेछ।

टिभिएसका सम्पूर्ण मोटरसाइकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको छ र आफ्नो गुणस्तरीय सेवा, सुविधा र पार्टपुर्जाको उपलब्धता कारण पनि नेपाली अटोमोबाइल प्रेमीमाझ टिभिएस् एउटा भरपर्दो नाम बनिसकेको छ। टिभिएसले समय अनुरुपग्राहकको आवश्यकता र परिस्थितिअनुसार समय–समयमा विभिन्न योजनातथाएक्सचेन्जकार्यक्रमहरु समेत गर्दै आइरहेको छ।

जगदम्बा मोटर्सप्रा.लि. नेपालमा टिभिएस टू-ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

गुणस्तरीय उत्पादनहरु,बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू-ह्वीलर ब्राण्ड बनेको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ४ : १४ बजे

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन

४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत