चीनसँग कोरोना खोप खरिदको सम्झौता, असार २४ देखि आपूर्ति हुने | Khabarhub Khabarhub

चीनसँग कोरोना खोप खरिदको सम्झौता, असार २४ देखि आपूर्ति हुने


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाविरुद्धको भेरोसेल खोप खरिदको सम्झौता गरेको छ ।सम्झौताअनुसार असार २४ गतेबाट खोप आपूर्ति हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारबाट चीनको बेइजिङस्थित सिनोपार्म कम्पनीसँग खोप खरिदको लागि भएको सम्झौता अनुसार २०७८ असार २४ गतेबाट खोप आपूर्ति शुरु भइ तत्पश्चात साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ ।’

यस्तो छ पत्र

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ ।

सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडलले चीनबाट खोप ल्याउनका लागि वाइड बडी जहाज बेइजिङ पठाउने तयारी गरिएको बताए । खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाडौँ फर्किनेछ ।

महाप्रबन्धक पौडेलले भने, “चीनबाट खोप ल्याउन निगमलाई सरकारको निर्देशन भएबमोजिम तयारी गरिएको छ, खोपको डोज तथा उक्त खोप अनुदानको हो या खरिदको भन्ने अहिले खुलिसकेको छैन हामीले आफ्नो तयारी थालिसकेका छौँ ।”

पहिलो उडानमा १० लाख डोज खोप ल्याउने गरी तयारीमा रहन निगमलाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ९ : ३० बजे

जिम्मेवारीमा रहनेहरूले इमानदारीपूर्वक उभिनुपर्छ : उपसभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको विभिन्न जिम्मेवारीमा रहेकाहरूले

संकटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार

गोरखा– ढिलो गरी वर्षा भएका कारण साउन महिना सकिन लाग्दा

डेंगु संक्रमतिको संख्या ३ हजार नाघ्यो, २ जनाको मृत्यु 

काठमाडौं-पछिल्लो एक सातामा १ सय ३७ जनामा डेंगुको संक्रमण देखिएसँगै

स्थानीय तहसँग अनुभव आदानप्रदान गर्दै पोखरा महानगर

गण्डकी– पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्दै विभिन्न कार्यक्रमका साथ

कोशीमा पहिलोपटक प्रदेश राजस्व कार्यालय

धरान– कोशी प्रदेश सरकारले पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना