विद्यार्थीलाई कक्षा कोठामै पढाउँदै काठमाडौँको एउटा विद्यालय « Khabarhub

विद्यार्थीलाई कक्षा कोठामै पढाउँदै काठमाडौँको एउटा विद्यालय


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि विद्यालयहरू बन्द रहे पनि काठमाडौँ जिल्लाको पूर्वी भेगमा अवस्थित एउटा विद्यालयले भने विद्यार्थीहरूलाई कक्षा कोठामै उपस्थित गराएर पढाउन थालेको छ ।

शंखरापुर नगरपालिकाको नाङ्लेभारेस्थित बालज्योति आधारभूत विद्यालयले यही असार ११ गतेदेखि भौतिक उपस्थितिमा पढाउन थालेको हो । वैकल्पिक माध्यममा सबै विद्यार्थीहरूलाई समेट्न नसकेपछि भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरेको प्रधानाध्यापक सीताराम ढुङ्गानाले बताए ।

उनका अनुसार गत वर्षको लकडाउनमा अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरिएको थियो तर सबै विद्यार्थी समेट्न सम्भव भएन । विद्यालय रहेको क्षेत्रमा कोरोना संक्रमणको जोखिम धेरै नरहेको र परिस्थिति पनि सहज बन्दै गएकोले भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्ने निर्णय गरेको ढुङ्गानाले बताए ।

उनका अनुसार कक्षा ८ सम्म १४० जना विद्यार्थी छन् । विद्यालयको नयाँ भवन बनेको र भिड नहुने गरी सिट व्यवस्थापन गरेर विद्यार्थीहरू राखिएको उनले बताए ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरूपमा कार्यान्वयन गरेरमात्र विद्यालय सञ्चालन गरेको प्रधानाध्यापक ढुङ्गानाले बताए । उनका अनुसार एउटा कक्षामा १२ जनाभन्दा बढी विद्यार्थी राखिएका छैनन् । एउटा बेन्चमा एक जनामात्र राखिएको छ ।

विद्यार्थीहरू आउने र जाने समय पनि भिड नहुने गरी मिलाइएको छ । अभिभावकलाई पनि तोकिएको ठिक समयमा मात्र विद्यार्थी पठाउन आग्रह गरेको उनले बताए ।

सबै विद्यार्थीहरूलाई मास्क अनिवार्य गरिएको, स्यानिटाजर र हात धुने उचित प्रबन्ध गरिएको पनि उनले बताए । विद्यार्थीहरूलाई एक अर्कालाई नछुन र टाँसिएर नबस्न कडाइ गरिएको छ ।

विद्यार्थीहरूले खाजा खान वा खेल्न सामूहिक रूपमा छुट्टै समय पाउँदैनन् । घरबाट आएपछि सिधै कक्षा कोठामा जानुपर्ने र छुट्टी भएपछि सरासर घर जानुपर्ने नियम छ ।

संक्रमणको जोखिम देखिए भौतिक कक्षा बन्द गर्ने प्रधानाध्यापक ढुङ्गानाले बताए । उनले भौतिरूपमा पढाइ गर्न नगरपालिकाबाट औपचारिक स्वीकृति भने नलिएको बताए ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ५ : ४३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा