विद्यार्थीलाई कक्षा कोठामै पढाउँदै काठमाडौँको एउटा विद्यालय « Khabarhub

विद्यार्थीलाई कक्षा कोठामै पढाउँदै काठमाडौँको एउटा विद्यालय


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि विद्यालयहरू बन्द रहे पनि काठमाडौँ जिल्लाको पूर्वी भेगमा अवस्थित एउटा विद्यालयले भने विद्यार्थीहरूलाई कक्षा कोठामै उपस्थित गराएर पढाउन थालेको छ ।

शंखरापुर नगरपालिकाको नाङ्लेभारेस्थित बालज्योति आधारभूत विद्यालयले यही असार ११ गतेदेखि भौतिक उपस्थितिमा पढाउन थालेको हो । वैकल्पिक माध्यममा सबै विद्यार्थीहरूलाई समेट्न नसकेपछि भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरेको प्रधानाध्यापक सीताराम ढुङ्गानाले बताए ।

उनका अनुसार गत वर्षको लकडाउनमा अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरिएको थियो तर सबै विद्यार्थी समेट्न सम्भव भएन । विद्यालय रहेको क्षेत्रमा कोरोना संक्रमणको जोखिम धेरै नरहेको र परिस्थिति पनि सहज बन्दै गएकोले भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्ने निर्णय गरेको ढुङ्गानाले बताए ।

उनका अनुसार कक्षा ८ सम्म १४० जना विद्यार्थी छन् । विद्यालयको नयाँ भवन बनेको र भिड नहुने गरी सिट व्यवस्थापन गरेर विद्यार्थीहरू राखिएको उनले बताए ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरूपमा कार्यान्वयन गरेरमात्र विद्यालय सञ्चालन गरेको प्रधानाध्यापक ढुङ्गानाले बताए । उनका अनुसार एउटा कक्षामा १२ जनाभन्दा बढी विद्यार्थी राखिएका छैनन् । एउटा बेन्चमा एक जनामात्र राखिएको छ ।

विद्यार्थीहरू आउने र जाने समय पनि भिड नहुने गरी मिलाइएको छ । अभिभावकलाई पनि तोकिएको ठिक समयमा मात्र विद्यार्थी पठाउन आग्रह गरेको उनले बताए ।

सबै विद्यार्थीहरूलाई मास्क अनिवार्य गरिएको, स्यानिटाजर र हात धुने उचित प्रबन्ध गरिएको पनि उनले बताए । विद्यार्थीहरूलाई एक अर्कालाई नछुन र टाँसिएर नबस्न कडाइ गरिएको छ ।

विद्यार्थीहरूले खाजा खान वा खेल्न सामूहिक रूपमा छुट्टै समय पाउँदैनन् । घरबाट आएपछि सिधै कक्षा कोठामा जानुपर्ने र छुट्टी भएपछि सरासर घर जानुपर्ने नियम छ ।

संक्रमणको जोखिम देखिए भौतिक कक्षा बन्द गर्ने प्रधानाध्यापक ढुङ्गानाले बताए । उनले भौतिरूपमा पढाइ गर्न नगरपालिकाबाट औपचारिक स्वीकृति भने नलिएको बताए ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ५ : ४३ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार