युरोकप फुटबल : स्वीट्जरल्याण्डविरुद्ध स्पेनको शुरुवाती अग्रता « Khabarhub

युरोकप फुटबल : स्वीट्जरल्याण्डविरुद्ध स्पेनको शुरुवाती अग्रता


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत जारी खेलमा स्वीट्जरल्याण्डविरुद्ध स्पेनले शुरुवाती अग्रता लिएको छ ।

क्वाटरफाइनलको पहिलो हाफमा स्वीट्जरल्याण्डविरुद्ध स्पेनले १-० गोल अन्तरको अग्रता बनाएको छ । खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी छ ।

स्पेनले खेलको आठौं मिनेटमा आत्मघाती गोल उपहारबाट अग्रता बनाएको हो ।

स्वीट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे । स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो ।

आजको खेलमा जित हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछ । स्वीट्जरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ३३ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२