४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित) « Khabarhub

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२ जना उपसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज २ गते गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह तथा जिल्ला समन्वय समितिमा कार्यरत उपसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

सरुवा तथा कामकाजमा खटाइएकामध्ये विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत उपसचिवसमेत रहेका छन् । मन्त्रालयका अनुसार संघीय निकायमा कार्यरत केही उपसचिवलाई स्थानीय तहमा पठाइएको छ भने स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत केही उपसचिवलाई मन्त्रालय, विभाग तथा अन्य निकायमा सरुवा गरिएको छ।

मन्त्रालयले प्रशासनिक आवश्यकता तथा कार्यसम्पादनलाई ध्यानमा राख्दै उपसचिवहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ९ : १९ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२