टोकियो ओलम्पिक : आजको चासो अफ्रिकी खेलाडीतिर « Khabarhub

टोकियो ओलम्पिक : आजको चासो अफ्रिकी खेलाडीतिर


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकको दोस्रो साता चलिरहँदा चीनको अग्रता कायम छ  । डाइभिङ, टेबल टेनिस, भारोत्तोलन र ब्याडमिन्टनमा स्वर्ण जितेको चीन पौडीमा पनि विगतको भन्दा धेरै सुधारिएको अवस्थामा छ ।

चीनका पकड र प्रभाव रहेका केही खेलको स्वर्ण पदकको  फैसला सोमबार पनि हुनेछ । स्वाभाविक रूपमा आज साँझसम्म चीनको अग्रता कायम रहनेछ । यो अग्रता अझ बढ्न पनि सक्नेछ ।

सोमबार जिम्न्यास्टिकमा पुरुषमा भोल्ट र रिङ तथा महिलामा फ्लोरको स्पर्धा हुनेछ । फ्लोरमा लामो समय अमेरिकी स्टार सिमोन वाइल्सको पकड रहेको थियो । उनको अनुपस्थितिमा फ्लोरको उपाधि होड खुला भएको छ ।

एथ्लेटिक्समा पुरुष लङ जम्प र महिला सय मिटर हर्डल्सको उपाधि बिहानको सत्रमा टुङ्गो लाग्नेछ । महिला हर्डल्समा प्युरेटीकाको स्वर्ण सम्भावना प्रबल रहेको छ ।

महिला डिस्कस थ्रो, पुरुष ३ हजार मिटर स्टीपल चेज र महिला ५ हजार मिटर दौडको स्पर्धा सोमबार हुनेछ । यी तीन  पदकको टुङ्गो लाग्दा दुई मध्यम दूरीका दौडमा अफ्रिकी महादेशका खेलाडीको पकड रहने सम्भावना प्रबल रहेको छ ।

ब्याडमिन्टनको महिला डबलको फाइनलमा चिनिया जोडीले इन्डोनेसियाका खेलाडी तथा  पुरुष एकलको फाइनलमा चीनका चेङ लोङले डेनमार्कका अलेक्जेन्डर भिक्टरसँग प्रतिस्पर्धा गर्नेछन् ।

तस्वीर : टाइम डट कम

ट्र्याक साइक्लिङमा महिला स्प्रिन्टको स्वर्ण पदकको टुङ्गो सोमबार लाग्नेछ । यो स्पर्धामा युरोपेली खेलाडीकै प्रभाव रहने छ । इक्वेस्ट्रियनमा जम्पिङ टिम र व्यक्तिगत इभेन्टिङ जम्पको फाइनल हुनेछ ।

सेलिङमा महिला स्किफ र पुरुष स्किफको पदको टुङ्गो लाग्नेछ । सुटिङमा पुरुषको २५ मिटर रेपिड फाइर पिस्तोलको फाइनल हुने छ । यसैगरी ५० मिटर राइफल थ्री पोजिसनको पनि फाइनल हुनेछ ।

भारोत्तोलनको महिला ८७ किलो र ८७ किलो भन्दामाथिको स्पर्धामा फाइनल हुन छ  भारोत्तोलनमा चीनलाई बलियो मानिएको छ ।

रेस्लिङमा पुरुष ६० किलोको  फाइनल हुने छ  । जापानका केन्चिरो फुमिता र क्युबाका ओर्टा साचेज बीच यो स्पर्धामा उपाधि भिडन्त  हुनेछ । फ्री स्टाइल ७६ किलो समूहमा पाँच पटककी अमेरिकी च्याम्पियन एडलिन ग्रेले जर्मनीकी रोटर फोकनको सामना  गर्ने छिन् ।

महिला फुटबलको सेमिफाइनल खेल पनि सोमबार हुनेछ । अमेरिकाले क्यानडाको सामना गर्नेछ भने स्विडेनले अस्ट्रेलियासँग खेल्नेछ । क्यानडाले यसअघि बलियो टोली ब्राजिललाई हराएको थियो ।

सोमबार सुटिङका स्पर्धा सकिने छन् । योसँगै टोकियो ओलम्पिकमा थ्री बाइ थ्री बास्केटबल, पौडी, आर्चरी, फेन्सिङ, जुडो तेक्वान्दो, रोइङ, रग्बी, सर्फिङ, टेनिस र ट्रायथलनका सम्पूर्ण स्पर्धा सकिएका छन् ।

ब्याडमिन्टनमा पनि सोमबारको खेल अन्तिम हो । एकपछि अर्को अस्वाभाविक प्रदर्शन देखिएको ओलम्पिकमा महिला सय मिटर हर्डल्समा प्युरेटिकाकी जस्टिन कमाचोले विश्व कीर्तिमान कायम गर्न सक्ने अनुमान धेरैको छ ।  –एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ७ : ५५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको