टोकियो ओलम्पिक : आजको चासो अफ्रिकी खेलाडीतिर « Khabarhub

टोकियो ओलम्पिक : आजको चासो अफ्रिकी खेलाडीतिर


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकको दोस्रो साता चलिरहँदा चीनको अग्रता कायम छ  । डाइभिङ, टेबल टेनिस, भारोत्तोलन र ब्याडमिन्टनमा स्वर्ण जितेको चीन पौडीमा पनि विगतको भन्दा धेरै सुधारिएको अवस्थामा छ ।

चीनका पकड र प्रभाव रहेका केही खेलको स्वर्ण पदकको  फैसला सोमबार पनि हुनेछ । स्वाभाविक रूपमा आज साँझसम्म चीनको अग्रता कायम रहनेछ । यो अग्रता अझ बढ्न पनि सक्नेछ ।

सोमबार जिम्न्यास्टिकमा पुरुषमा भोल्ट र रिङ तथा महिलामा फ्लोरको स्पर्धा हुनेछ । फ्लोरमा लामो समय अमेरिकी स्टार सिमोन वाइल्सको पकड रहेको थियो । उनको अनुपस्थितिमा फ्लोरको उपाधि होड खुला भएको छ ।

एथ्लेटिक्समा पुरुष लङ जम्प र महिला सय मिटर हर्डल्सको उपाधि बिहानको सत्रमा टुङ्गो लाग्नेछ । महिला हर्डल्समा प्युरेटीकाको स्वर्ण सम्भावना प्रबल रहेको छ ।

महिला डिस्कस थ्रो, पुरुष ३ हजार मिटर स्टीपल चेज र महिला ५ हजार मिटर दौडको स्पर्धा सोमबार हुनेछ । यी तीन  पदकको टुङ्गो लाग्दा दुई मध्यम दूरीका दौडमा अफ्रिकी महादेशका खेलाडीको पकड रहने सम्भावना प्रबल रहेको छ ।

ब्याडमिन्टनको महिला डबलको फाइनलमा चिनिया जोडीले इन्डोनेसियाका खेलाडी तथा  पुरुष एकलको फाइनलमा चीनका चेङ लोङले डेनमार्कका अलेक्जेन्डर भिक्टरसँग प्रतिस्पर्धा गर्नेछन् ।

तस्वीर : टाइम डट कम

ट्र्याक साइक्लिङमा महिला स्प्रिन्टको स्वर्ण पदकको टुङ्गो सोमबार लाग्नेछ । यो स्पर्धामा युरोपेली खेलाडीकै प्रभाव रहने छ । इक्वेस्ट्रियनमा जम्पिङ टिम र व्यक्तिगत इभेन्टिङ जम्पको फाइनल हुनेछ ।

सेलिङमा महिला स्किफ र पुरुष स्किफको पदको टुङ्गो लाग्नेछ । सुटिङमा पुरुषको २५ मिटर रेपिड फाइर पिस्तोलको फाइनल हुने छ । यसैगरी ५० मिटर राइफल थ्री पोजिसनको पनि फाइनल हुनेछ ।

भारोत्तोलनको महिला ८७ किलो र ८७ किलो भन्दामाथिको स्पर्धामा फाइनल हुन छ  भारोत्तोलनमा चीनलाई बलियो मानिएको छ ।

रेस्लिङमा पुरुष ६० किलोको  फाइनल हुने छ  । जापानका केन्चिरो फुमिता र क्युबाका ओर्टा साचेज बीच यो स्पर्धामा उपाधि भिडन्त  हुनेछ । फ्री स्टाइल ७६ किलो समूहमा पाँच पटककी अमेरिकी च्याम्पियन एडलिन ग्रेले जर्मनीकी रोटर फोकनको सामना  गर्ने छिन् ।

महिला फुटबलको सेमिफाइनल खेल पनि सोमबार हुनेछ । अमेरिकाले क्यानडाको सामना गर्नेछ भने स्विडेनले अस्ट्रेलियासँग खेल्नेछ । क्यानडाले यसअघि बलियो टोली ब्राजिललाई हराएको थियो ।

सोमबार सुटिङका स्पर्धा सकिने छन् । योसँगै टोकियो ओलम्पिकमा थ्री बाइ थ्री बास्केटबल, पौडी, आर्चरी, फेन्सिङ, जुडो तेक्वान्दो, रोइङ, रग्बी, सर्फिङ, टेनिस र ट्रायथलनका सम्पूर्ण स्पर्धा सकिएका छन् ।

ब्याडमिन्टनमा पनि सोमबारको खेल अन्तिम हो । एकपछि अर्को अस्वाभाविक प्रदर्शन देखिएको ओलम्पिकमा महिला सय मिटर हर्डल्समा प्युरेटिकाकी जस्टिन कमाचोले विश्व कीर्तिमान कायम गर्न सक्ने अनुमान धेरैको छ ।  –एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ७ : ५५ बजे

मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने

काठमाडौं–  निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने

एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु

काठमाडौं– एनसेलले सोमबरबाट नयाँ नम्बर रेन्ञ ९७१ बाट सुरु हुने मोबाइल

समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

रावा बैङ्कको ‘विजनेस मिट’ सम्पन्न

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्जा लगानी तथा निक्षेप संकलनमा

‘नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ’ 

वीरगञ्ज– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले नारायणी अस्पतालको