निःशुल्क सोलार वितरण | Khabarhub Khabarhub

निःशुल्क सोलार वितरण


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म- मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत कालीकोटको महावै गाउँपालिका वडा नं १ र २ मा निःशुल्क सोलार वितरण गरिएको छ । दुई वडाका अतिविपन्न ५० परिवारलाई सौर्य ऊर्जामार्फत विद्युत्को पहुँच पुर्‍याउन सोलार वितरण गरिएको हो ।

कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत गाउँपालिकाका दुई वडामा सौर्य ऊर्जामार्फत सोलार वितरण गरिएको वडा नं २ का वडाध्यक्ष गौकला सिंहले बताए ।

“मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रममार्फत गाउँका अति विपन्न परिवारलाई सोलार वितरण गरिएको छ”, उनले भने, “उज्यालोमा बस्न नपाएका नागरिकले सौर्य ऊर्जामार्फत उज्यालो पाउने छन् ।”

प्रदेश सरकारले २०७६ देखि कर्णालीका हिमाली तथा विद्युत् नभएका क्षेत्रमा विद्युत्को पहुँच पुर्‍याउनका लागि मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले बताए ।

“यो कार्यक्रमअन्तर्गत उज्यालो नपुगेका क्षेत्रमा उज्यालो बनाउने लक्ष्य राखिएको छ”, उनले भने, “त्यसैको आधारमा निःशुल्क सोलार वितरण गरिएको हो ।”

प्रदेश सरकारले उज्यालो कार्यक्रम कार्यान्वयनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले निःशुल्क दिने र त्यसको रकम प्रदेश सरकारले नै बेहोने गरेको अध्यक्ष सिंहले बताए ।

अहिले कर्णालीका झण्डै ३६ प्रतिशत बासिन्दा अँध्यारोमा छन् । सैतीस प्रतिशतले नवीकरणीय ऊर्जाबाट केही उज्यालो पाएका छन् भने २७ प्रतिशत जनसङ्ख्या मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँचमा छ । अझै पनि कर्णालीका ४० स्थानीय तहमा विद्युत् सुविधा नपुगेको तथ्याङ्क छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १२ : १० बजे

सरकारी अस्पतालमा तीन वर्ष आमा कुर्दाको कष्ट

लामो समयदेखि मिर्गौला पीडित आमाको डाइलासिस गराइरहेका तिलक विश्वकर्माले गत

एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक, ८ हजार ७ सय ७२ जना उत्तीर्ण 

काठमाडौं– चिकित्सा शिक्षाको एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८ हजार बढि

कुलमानसँग कुरा नमिलेपछि ‘नेपाल जनसेवा पार्टी’ दर्ता गर्दै सुदन, बालेन र समुना पनि जोडिने

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ र जेन-जी आन्दोलनबाट उदाएका सुदन गुरुङ्बीच

स्विस दूतावासमा चितुवा छिरेपछि…

ललितपुर- जावलाखेलस्थित चिडियाखाना नजिकैको स्विटजरल्याण्ड दूतावासभित्र देखिएको चितुवालाई प्रहरी तथा

प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराउनेको उत्साहजनक भीड

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता