पहिलो अनुहारमा ‘लभ सर्कल’ « Khabarhub

पहिलो अनुहारमा ‘लभ सर्कल’


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गतवर्षको लकडाउन पछिको विषम परिस्थितिमा छायांकन गरिएको फिल्म ‘लभ सर्कल’को पहिलो अनुहार सार्वजनिक भएको छ ।

मि टिभीको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ओमप्रकाश अग्रवाल र रोशन पौडेलको लगानी छ । कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको फिल्मको निर्देशन वसन्त निरौलाले गरेका हुन् ।

फिल्ममा नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रवीन्द्र झा, रिस्ता बस्नेत, सुमन कोइरालाको अभिनय छ । फिल्ममा अंकित बाबु अधिकारीको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, विनय पौडेलको मुख्य सहायक निर्देशन, अभिमन्यु निरवीको लेखन, राजेन्द्र मोक्तानको कलर, दिव्य सुवेदीको छायांँकन, पवित्रा आचार्यको कोरियोग्राफी र साहिल खान तथा मिलन श्रेष्ठको सम्पादन छ ।

फिल्म आगामी साउन २९ गतेबाट डिस होम सिनेमा घर च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आउदैछ । फिल्ममा ओएसआर डिजिटलको सहकार्य रहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १२ : २५ बजे

अर्थ मन्त्रालयमा सरुवा र पदस्थापन प्रक्रिया लागू

काठमाडौं – अर्थ मन्त्रालयले पहिलोपटक मेरिटमा आधारित सरुवा तथा पदस्थापन

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,