लुम्बिनीमा विपक्षी चार दलद्वारा धारा १६८ (२) बमोजिम सरकार गठनको माग « Khabarhub

लुम्बिनीमा विपक्षी चार दलद्वारा धारा १६८ (२) बमोजिम सरकार गठनको माग



बुटवल– लुम्बिनी प्रदेशका विपक्षी चार दलले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन पेश गरेका छन् ।

विपक्षी चार दलका नेताहरुले ४१ जनासांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएका छन् । वर्तमान सरकार संविधानको धारा १६८ को १ बमोजिम गठन भए पनि सरकार संयुक्त रहेको र अल्पमतमा परेर अवैधानिक भएको कारण उल्लेख गदै नयाँ सरकार गठनको माग गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदले संविधान, मूल्यमान्यता र विधिअनुसार सरकार गठन नभएको उल्लेख गर्दै प्रदेशमा धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन् ।

कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले प्रदेश प्रमुख समक्ष निवेदनन बुझाउँदै प्रदेश सभामा कुनै पनि दलको बहुमत नरहेकाले उपधारा २ बमोजिमको सरकार गठनको माग गरे । उनले सरकार अल्पमतमा हुँदा पनि नैतिकता देखाउन नसकेको आरोप लगाउँदै प्रदेश प्रमुखबाट त्यसको प्रक्रिया आरम्भ गर्नुपर्ने बताए ।

माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले संविधानले दिएको अधिकारअनुसार अनुसार भूमिका निर्वाह गर्ने प्रदेश प्रमुखलाई आग्रह गरिएको सञ्चारकर्मीहलाई बताए । उनले अहिलेको सरकार अल्पमतमा रहेकाले संविधानअनुसार सरकार गठनको प्रक्रिया अघि बढाउनको लागि सांसदहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष निवेदन पेश गरिएको जानकारी दिए ।

विपक्षी गठबन्धनको निवेदन बुझेपछि प्रदेश प्रमुख शेरचनले संविधान, विधि, संवैधानिक परम्परा र सहमतिका माध्यमबाट निष्कर्ष निकाल्ने बताए । उनले कानूनी परामर्श र संवैधानिक छलफल गर्दै संविधानअनुसार सरकारको अवस्थाबारे जानकारी लिएर आगामी कदम चाल्ने जानकारी दिए । विपक्षी गठबन्धनले लामो समयदेखि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिएर देखाउन चुनौती दिँदै आएको छ तर उनले विश्वासको मत लिन आनाकानी गर्दै आएका छन् ।

लुम्बिनी प्रदेशको संसदीय अंकगणितमा नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । संसदमा ८७ जना सांसद रहेकोमा कारवाही र राजीनामाले ८० सदस्यमा झरेको छ । संसदमा नेकपा एमालेका ३८ सांसद छन् । प्रदेश सरकारमा मन्त्री बनेका तीन सांसदको पद जसपाले निलम्बन गरेको छ ।

लुम्बिनीमा विपक्षी गठबन्धनसँग सभामुखसहित ४२ सांसद छन् । सरकार सञ्चालनका लागि अहिले ४१ सांसदको बहुमत आवश्यक पर्छ ।
संविधान अनुसार एकल बहुमतको भनेर सरकार गठन गरेको एमालेमा बहुमतका लागि तीन सदस्य कम छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  २ : ०७ बजे

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली