दार्चुला घटनामा छानविन समितिको प्रतिवेदनका आधारमा सरकार अघि बढ्छ : गृहमन्त्री खाँण « Khabarhub

दार्चुला घटनामा छानविन समितिको प्रतिवेदनका आधारमा सरकार अघि बढ्छ : गृहमन्त्री खाँण


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा नेपाली युवा चढेको तुइन काटेको घटना सम्बन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदनका आधारमा सरकारले धारणा बनाउने बताएका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री खाँणले दार्चुला घटनामा सरकार गम्भीर भएकै कारण छानविन समिति बनाइएको बताए ।

उनले समितिको अध्ययन प्रतिवेदनका आधारमा सरकारले आवश्यक अडान लिने धारणा राखे । समिति गठन भइसकेको अवस्थामा यस विषयमा सरकारले अहिले नै धारणा तय गर्नु उचित नभएको उनको भनाइ छ । उनले घटनाको प्रत्यक्षदर्शीसंग पनि कुराकानी भइरहेको बताए । गृहमन्त्री खाँणले महाकाली नदीमा झोलुङ्गे पुल बन्ने काम शुरू भइसकेको पनि जानकारी दिए ।

त्यस्तै उनले मनसुन यता प्राकृतिक प्रकोपबाट विभिन्न ५५ जिल्लामा ६७ जनाको मृत्यु र ४० जना वेपत्ता भएको जानकारी दिए । बाढीबाट भएको क्षतिको मूल्याङ्कन गरी पुन: निर्माणको काम शुरु गर्न निर्देशन दिइसकेको उनले बताए । उनले प्राकृतिक विपतसँग सामना गर्दै जनताको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

बैठकमा सांसदहरुले तुइन काटिएको घटना सम्बन्धमा भारत सरकारसँग छलफल गर्न सरकारले ढिलाइ गरेको आरोप लगाएका थिए । एमालेका भैरव सुन्दर श्रेष्ठले एसएसबीले तुइनको लठ्ठा काटेको भनेर प्रत्यक्षदर्शीले बताउँदा भारतसँग कुरा गर्न किन तयार नभएको भनी प्रश्न गरे । त्यस्तै सांसद कोमल वलीले तुइन काटेर जयसिंह धामी नदीमा खसेको मानवीयता विरोधी र लज्जास्पद घटनामा सरकार समिति बनाएर मात्र बस्न नमिल्ने तर्क गरे ।

त्यस्तै बैठकमा गृहमन्त्री खाँणले जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएका रवि दासको विषयमा पनि आवश्यक अनुसन्धान भइरहको जानकारी गराए । उनले रवि दासले आफूले लगाउने गञ्जी च्यातेर पासो बनाई भेन्टिलेसनमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी आफूसमक्ष आएको पनि बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ३ : ३२ बजे

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको