भारतीय वित्तमन्त्रीले भनिन्- भुटानमा भीम यूपीआईको सुरुवातले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउँछ « Khabarhub

भारतीय वित्तमन्त्रीले भनिन्- भुटानमा भीम यूपीआईको सुरुवातले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउँछ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय वित्तमन्त्री निर्मला सीतारमणले भुटानमा भीम यूपीआई क्यूआरमा आधारित भुक्तानीको थालनीले दुई छिमेकी राष्ट्रहरूबीचको सहयोगलाई अझ मजबुत बनाउने बताएकी छन् ।

वित्तमन्त्री सीतारमणले वित्त राज्यमन्त्री भागवत के कराड, वित्तीय सेवा सचिव देबाशिष पान्डा र सहसचिव मदेनेश कुमार मिश्रको उपस्थितिमा एक भर्चुअल समारोहमा उनले उक्त सेवाको सुरुवात गरेकी हुन् ।

भर्चुअल कार्यक्रममा भूटानका अर्थमन्त्री लियोन्पो नामगे छिरिङ, भुटानको शाही मौद्रिक प्राधिकरण (आरएमए) का गभर्नर, दशो पेन्जोर, भारतका लागि लागि भुटानी राजदूत जनरल वी नाम्गेल, भुटानका लागि भारतीय रुचिरा कम्बोज पनि उपस्थित थिए ।

भीम यूपीआई एप र रुपे कार्डलाई भुटानी भुक्तानी प्रणालीसँग जोड्नेमा आरएमए, र भारतीय राष्ट्रिय भुक्तानी निगम (एनपीसीआईको प्रयासको सराहना गर्दै वित्तमन्त्री सीतारमणले भनिन्, “मलाई लाग्छ यो एकदम राम्रो उदाहरण हो यसले दुई देशबीच सहयोगलाई अझ सुदृढ बनाउनेछ ।“

यस प्रयासले हरेक वर्ष भुटान भ्रमण गर्ने करिब दुई लाख भारतीयहरुका लागि निकै सहयोगी र लाभदायक हुनेसमेत बताइएको छ ।

यस एपको प्रयोगसँगै युनिफाइड भुक्तान इन्टरफेसको मापदण्डहरू अपनाउने भुटान पहिलो देश बनेको छ । भुटान पनि रुपे कार्ड जारी गर्न र स्वीकार गर्नका साथै भिम यूपीआई स्वीकार गर्ने एक मात्र देश भएको छ ।

यसले महामारीको बेलामा यूपीआई भुक्तानीको एक प्रभावकारी साधनको रूपमा काम गर्ने र डिजिटल भुक्तानीको आवश्यकतालाई पूरा गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ८ : ४५ बजे

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने