टोकियो ओलम्पिक : चीन सात स्वर्णले अगाडि, एथ्लेटिक्समा अमेरिकालाई पहिलो स्वर्ण | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : चीन सात स्वर्णले अगाडि, एथ्लेटिक्समा अमेरिकालाई पहिलो स्वर्ण


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकमा कमजोर प्रदर्शन गरिरहेको अमेरिकाले सोमबार एथ्लेटिक्समा पहिलो स्वर्ण पदक जितेको छ । महिला डिस्कस थ्रोमा अमेरिकाकी भालेरी अल्मानले स्वर्ण पदक जितिन् ।

सो स्पर्धामा जर्मनीकी क्रिस्चियन पुडेन्जले रजत र क्युवाकी याइमी पेरेजले कास्य पदक जिते । एथ्लेटिक्समा अमेरिकाको यो पहिलो स्वर्ण पदक हो ।

महिला सय मिटर हर्डल्समा प्युरेटीकाकी जस्मिन क्वीन कमाचोले स्वर्ण, अमेरिकाकी केन्द्रा ह्यारिसनले रजत र जमैकाकी मेघान टपरले कास्य पदक जिते । पुरुष हाई जम्पमा ग्रीसका टेन्टगोलाउ मेटासिसले स्वर्ण र क्युबाका इचेभारियाले रजत पदक जिते । क्युबाकी मासो मकायलले कास्य पदक पाए ।

पुरुष ३ हजार मिटर स्टिपल चेजमा मोरक्कोका साउफिन बकालले स्वर्ण, इथोपियाका लामेचा गिर्माले रजत र केन्याका बेन्जामिन किन्गेनले कास्य पदक जिते ।

महिला ५ हजार मिटर दौडमा नेदरल्यान्ड्सकी सिफान हसनले स्वर्ण, केन्याकी केलने ओबेलीले रजत र इथोपियाकी इसाफ गेफेले कास्य पदक जिते ।

ब्याडमिन्टन महिला युगलको स्वर्ण पदक इन्डोनेसियाका ग्रेसिया पोली र रहायु अप्रियानीको जोडीले जितेको छ । यो जोडीले चीनका चेन क्वीन र यी फानको जोडीलाई हराएको हो । सो स्पर्धामा दक्षिण कोरियाका किम सोयङ र को होयोङको जोडीले कास्य पदक जित्यो । बरियताविना ओलम्पिकमा सहभागी भएको जोडीले स्वर्ण पदक जित्नु आश्चर्यजनम भएको छ ।

पुरुष एकलमा डेनमार्कका भिक्टर एलेक्सनले चीनका जेन लङलाई हराउँदै स्वर्ण पदक जिते । इन्डोनेसियाका सिनुसिका एन्थोनीले कास्य पदक जिते ।

जिम्न्यास्टिकमा पुरुषको भोल्टमा चीनका लिउ यी याले स्वर्ण र हावो युवले रजत पदक पाए । ग्रीसका एल्थोरोइस पेट्रोनियासले कास्य पदक जिते ।

महिला फ्लोरमा अमेरिकी क्यारी जेडले स्वर्ण पदक जितिन् । सो स्पर्धामा इटालीकी भेनेसा फरारीले रजत पाइन् । बराबरी अङ्क भएपछि जापानकी माइमु राराकी र रुसी ओलम्पिक कमिटीकी मेल्निकोभा एन्गेलिनाले कास्य पदक पाए । यो स्पर्धामा लामो समय अमेरिकी स्टार सिमोन वाइल्सको पकड थियो ।

पुरुष भोल्टमा दक्षिण कोरियाका जेवान सिनले स्वर्ण, रुसी ओलम्पिक कमिटीका डेनिस अल्विनले रजत र अर्मेनियाका अर्टर डाम्याडिनले कास्य पदक जिते ।

ट्रायक साइक्लिङको महिला स्प्रिन्टमा चीनले स्वर्ण र जर्मनीले रजत पदक जिते । यस स्पर्धामा रुसी ओलम्पिक कमिटीले कास्य पदक जित्यो ।

इक्वेस्ट्रियनमा जम्पिङको टिममा बेलायतले स्वर्ण, अस्ट्रेलियाले रजत र फ्रान्सले कास्य पदक जिते । व्यक्तिगत स्पर्धामा जर्मनीका जुलिया काजवेस्कीले स्वर्ण, बेलायतका टम म्याकक्यानेले रजत र अस्ट्रेलियाका एन्ड्रयु हवेले कास्य पदक जिते
सुटिङमा पुरुषको २५ मिटर रेपिड फायर पिस्तोलमा फ्रान्सका जियान पियुपोक्सले स्वर्ण र क्युबाका ल्युरिस प्युपोले रजत पदक जिते । यसैगरी ५० मिटर राइफल थ्री पोजिसनमा चीनका झाङ चाङ ओङले रजत र सर्बियाका सर्बिक मेलिन्कोले कास्य पदक जिते ।

भारोत्तोलनको महिला ८७ किलोमा चीनका वाङ झोईले स्वर्ण, इक्वेडरकी सालारवज आर्कले रजत र डोमेनकी गणतन्त्रकी सान्टाना क्रस्मेरीले कास्य पदक जिते ।

८७ किलोमाथिको स्पर्धामा चीनकै लिवेन वेनले स्वर्ण, बेलायतकी एमेली जेडले रजत र अमेरिकी एलिजाबेथ साहराले कास्य पदक जिते ।

रेस्लिङमा ग्रीको रोमन पुरुष ६० किलो तौल समूहमा क्युबाका ओर्टा साँचेजले स्वर्ण, जापानका केन्चिरो फुमिताले रजत पद जिते । चीनका सालिके वालिहान र रुस ओलम्पिक कमिटीका सर्जी एमेलीनले कास्य पदक जिते ।

ग्रीको रोमनको १३० किलो तौल समूहमा क्युबाका लोपेज माइजनले स्वर्ण र जर्जियाका लाकोबी काजलाईले रजत पदक जिते । सो स्पर्धामा रुसी ओलम्पिक कमिटीका सर्जी सेमनोभ र टर्कीका रिजाप कायल्पाले कास्य पदक जिते ।

फ्रिस्टाइल ७६ किलो समूहमा पाँच पटककी अमेरिकी च्याम्पियन एडलिन ग्रे जर्मनीकी रोटर फोकनसँग फाइनलमा पराजित भइन् । सो स्पर्धामा चीनकी झाओ क्वीन र टर्कीकी यादर यस्मिनले कास्य पदक जिते ।

क्यानडा र स्विडेन महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वार्टर फाइनलमा ब्राजिललाई हराएको क्यानडा अमेरिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । स्विडेन फाइनल प्रवेशको क्रममा अस्ट्रेलियासँगको खेलमा जित हात पार्न सफल भयो ।

सोमबारका खेल सकिँदा चीनले अमेरिकालाई पदक तालिकामा सात स्वर्ण पदकले पछाडि पारेको छ । चीनको २९ र अमेरिकाको २२ स्वर्ण पदक छ । आयोजक देश जापान १७ स्वर्णसहित तेस्रो स्थानमा छ ।
सबै क्षेत्रका अपेक्षाकृत कमजोर प्रदर्शन गरेको अमेरिकाले एथ्लेटिक्सको थ्रोमा भने अझै राम्रो प्रदर्शनको आशा गरेको छ ।

–एसेन्सीहरूको सहयोगमा

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १० : ०१ बजे

बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी

जनकपुर– धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला  

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

अदानचुली– राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयको टोली गाउँगाउँमा पुगेको

नेप्सेका अध्यक्ष पौडेलले आनाकानी गर्दा अड्कियो एसएमईज विनियमावली

काठमाडौं – साना तथा मझौला सङ्गठित संस्था (एसएमईज) को धितोपत्र

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

काठमाडौं– काठमाडौँस्थित सुन्धारामा दुईवटा मोटरसाइकल एक-आपसमा ठोक्किएर आज भएको दुर्घटनामा