कोइरालाको ताजा अचार बनाउने तरिका « Khabarhub

कोइरालाको ताजा अचार बनाउने तरिका


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जतिसुकै मीठा परिकार भए पनि अचार विनाको भान्सा अधुरो रहन्छ । सबै अचारको स्वाद अमिलो, पिरो र खानालाई स्वादिलो बनाउने, ट्वाक्क मीठो वा सुन्ने वित्तिकै जिब्रो रसिलो भएर आउँछ । अचारले हाम्रो खानालाई सजिलै पचाउनमा मद्दत गर्दछ ।

आवश्यक सामग्री (दश जनाको लागि) :

-कोइरालाको फूल– आधा केजी

-आलु    – २०० ग्राम

-तीलको पेष्ट  – १०० ग्राम

-नुन – १ चम्चा (ठूलो चम्चाको)

-बेसार– १ चम्चा (सानो चम्चाको)

-लसुन ठूलो– १ पोटी, व्रत पूजामा नराख्ने

-अदुवा ठिक्कको– १ टुक्रा

-हरियो खुर्सानी – ५० ग्राम वा स्वाद अनुसार

-तोरीको तेल– ५० मि.ली. वा स्वाद अनुसार

-मेथी– २ चिम्टी

-कागती– ३ वटा

-धनियाको धूलो– १० ग्राम

-जिराको धूलो– ५ ग्राम

-हिङ – १ चिम्टी

-मुङ्ग्रेलो (पेष्ट बनाएको) – स्वाद अनुसार

बनाउने विधि :

-कोइरालो र आलु सफा गरी उसिन्ने र आलु छोडाएर इच्छा अनुसारको टुक्रा पार्ने ।

-कोइरालो निचोरेर छुट्टै राख्ने । लसुन टुक्रा पार्ने ।

-तेल तताउने मेथी पड्काउने रातो भएपछि अदुवा, लसुन, खुर्सानी राखेर हल्का फ्राई गर्ने र अन्तिममा बेसार राखेर सबै मसला फ्राई गर्ने त्यसपछि झानिदिने ।

-कागतीको रस राख्ने र राम्ररी मोल्ने । कडा भएमा केही पानी राख्न सकिन्छ ।

-अमिलो र खुर्सानी इच्छा अनुसार थपेर खान सकिन्छ । यसरी ताजा अचार तयार हुन्छ ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ६ : १५ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको