कोइरालाको ताजा अचार बनाउने तरिका « Khabarhub

कोइरालाको ताजा अचार बनाउने तरिका


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जतिसुकै मीठा परिकार भए पनि अचार विनाको भान्सा अधुरो रहन्छ । सबै अचारको स्वाद अमिलो, पिरो र खानालाई स्वादिलो बनाउने, ट्वाक्क मीठो वा सुन्ने वित्तिकै जिब्रो रसिलो भएर आउँछ । अचारले हाम्रो खानालाई सजिलै पचाउनमा मद्दत गर्दछ ।

आवश्यक सामग्री (दश जनाको लागि) :

-कोइरालाको फूल– आधा केजी

-आलु    – २०० ग्राम

-तीलको पेष्ट  – १०० ग्राम

-नुन – १ चम्चा (ठूलो चम्चाको)

-बेसार– १ चम्चा (सानो चम्चाको)

-लसुन ठूलो– १ पोटी, व्रत पूजामा नराख्ने

-अदुवा ठिक्कको– १ टुक्रा

-हरियो खुर्सानी – ५० ग्राम वा स्वाद अनुसार

-तोरीको तेल– ५० मि.ली. वा स्वाद अनुसार

-मेथी– २ चिम्टी

-कागती– ३ वटा

-धनियाको धूलो– १० ग्राम

-जिराको धूलो– ५ ग्राम

-हिङ – १ चिम्टी

-मुङ्ग्रेलो (पेष्ट बनाएको) – स्वाद अनुसार

बनाउने विधि :

-कोइरालो र आलु सफा गरी उसिन्ने र आलु छोडाएर इच्छा अनुसारको टुक्रा पार्ने ।

-कोइरालो निचोरेर छुट्टै राख्ने । लसुन टुक्रा पार्ने ।

-तेल तताउने मेथी पड्काउने रातो भएपछि अदुवा, लसुन, खुर्सानी राखेर हल्का फ्राई गर्ने र अन्तिममा बेसार राखेर सबै मसला फ्राई गर्ने त्यसपछि झानिदिने ।

-कागतीको रस राख्ने र राम्ररी मोल्ने । कडा भएमा केही पानी राख्न सकिन्छ ।

-अमिलो र खुर्सानी इच्छा अनुसार थपेर खान सकिन्छ । यसरी ताजा अचार तयार हुन्छ ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ६ : १५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित