गाडी बगाउँदा दिदीबहिनीसहित चार जनाको मृत्यु « Khabarhub

गाडी बगाउँदा दिदीबहिनीसहित चार जनाको मृत्यु


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा बाढीले गाडी बगाउँदा दिदीबहिनीसहित चार जनाको मृत्यु भएको छ ।

घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरका दुई दिदिबहिनीसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतको रुपैडियामा किनमेल गरेर फर्कदै गर्दा प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो ।

मृत्यु हुनेमा घोराही १३ का ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ का ३० वर्षीया राधा श्रेष्ठ कुँवर, घोराही १३ का ४० वर्षीया रितामाया पुन र घोराही १४ का ४२ वर्षीया विमला केसीको मृत्यु भएको दाङका प्रहरी प्रबक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

राधा र शुसीला घोराही उपमहानगरपालिका- १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन् ।  बेपत्ता भएका पुन र केसीको पनि शव केहीबेरअघि भेटिएको डीएसपी रिजालले जानकारी दिए ।

चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनलाई प्रहरीले उद्धार गरेको छ । उनको खुट्टा भाँचिएको छ । पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ७ : ५५ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा