उत्तर कोरियाले भन्यो : हामीलाई कोरोनाविरुद्धको खोप चाहिँदैन, अरु देशलाई दिइयोस् « Khabarhub

उत्तर कोरियाले भन्यो : हामीलाई कोरोनाविरुद्धको खोप चाहिँदैन, अरु देशलाई दिइयोस्


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ– उत्तर कोरियाले आफूलाई कोरोना भाइरसविरुद्धको खोप आवश्यक नभएको बताएको छ । सँयुक्त राष्ट्र संघका अनुसार चीनमा उत्पादन भएको सिनोभ्याक खोपको ३० लाख डोज कोभ्याक्स कार्यक्रम अन्र्तगत उत्तर कोरियालाई दिइदै थियो ।

तर, उत्तर कोरियाले सो खोप लिन अस्वीकार गरेको राष्ट्र संघलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार उत्तर कोरियाले आफूलाई दिने भनिएको खोप अन्य मुलुकलाई दिनसमेत भनेको छ ।

यसअघि उत्तर कोरियाले एस्ट्राजेनेका खोप लिन पनि अस्वीकार गरेको थियो । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले पनि उत्तर कोरियालाई स्पुतनिक–५ खोप लिन बारम्बार प्रयास गरेको उल्लेख गरेका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार उत्तर कोरियाले हालसम्म कोरोना संक्रमितको कुनै संख्या उपलब्ध गराएको छैन । ३७ हजारभन्दा धेरै मानिसहरुमा फ्लूको जस्तो लक्षण देखिएपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना महामारीबारे उत्तर कोरियाले स्पष्ट जानकारी सार्वजनिक गर्ने गरेको छैन ।

उत्तर कोरियाले महामारी सुरु भएदेखि नै कडा नियम बनाएको छ ।

गत वर्ष पहिलो पटक विश्वमा कोरोना महामारी फैलिँदा आफ्नो देशको सीमा बन्द गर्ने केही मुलुकमा उत्तर कोरिया पनि एक थियो । (एजेन्सी)

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ११ : ३१ बजे

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक

शान्ति वार्ताका लागि इरान र अमेरिकाका उच्च अधिकारीहरु पाकिस्तानमा

काठमाडौँ– अमेरिका र इरानबीच जारी करिब ६ हप्ता लामो युद्ध

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

क्यामेराको फ्रेमले किन खोज्छ डा. केसीको अनुहार ?

सामाजिक सञ्जाल अन्तर्गत युट्युबमा अन्तर्वार्ताका लागि सर्वाधिक खोजिने पात्र हुन्–