उत्तर कोरियाले भन्यो : हामीलाई कोरोनाविरुद्धको खोप चाहिँदैन, अरु देशलाई दिइयोस् « Khabarhub

उत्तर कोरियाले भन्यो : हामीलाई कोरोनाविरुद्धको खोप चाहिँदैन, अरु देशलाई दिइयोस्


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ– उत्तर कोरियाले आफूलाई कोरोना भाइरसविरुद्धको खोप आवश्यक नभएको बताएको छ । सँयुक्त राष्ट्र संघका अनुसार चीनमा उत्पादन भएको सिनोभ्याक खोपको ३० लाख डोज कोभ्याक्स कार्यक्रम अन्र्तगत उत्तर कोरियालाई दिइदै थियो ।

तर, उत्तर कोरियाले सो खोप लिन अस्वीकार गरेको राष्ट्र संघलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार उत्तर कोरियाले आफूलाई दिने भनिएको खोप अन्य मुलुकलाई दिनसमेत भनेको छ ।

यसअघि उत्तर कोरियाले एस्ट्राजेनेका खोप लिन पनि अस्वीकार गरेको थियो । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले पनि उत्तर कोरियालाई स्पुतनिक–५ खोप लिन बारम्बार प्रयास गरेको उल्लेख गरेका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार उत्तर कोरियाले हालसम्म कोरोना संक्रमितको कुनै संख्या उपलब्ध गराएको छैन । ३७ हजारभन्दा धेरै मानिसहरुमा फ्लूको जस्तो लक्षण देखिएपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना महामारीबारे उत्तर कोरियाले स्पष्ट जानकारी सार्वजनिक गर्ने गरेको छैन ।

उत्तर कोरियाले महामारी सुरु भएदेखि नै कडा नियम बनाएको छ ।

गत वर्ष पहिलो पटक विश्वमा कोरोना महामारी फैलिँदा आफ्नो देशको सीमा बन्द गर्ने केही मुलुकमा उत्तर कोरिया पनि एक थियो । (एजेन्सी)

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ११ : ३१ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित