आलियाको अन्तरंग दृश्यमा कोरोना बाधक ! « Khabarhub

आलियाको अन्तरंग दृश्यमा कोरोना बाधक !


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड निर्देशन सञ्जय लीला भन्सालीले आफ्नो फिल्म ‘गंगूबाई काठियाडवाडी’बाट कोभिडको कारण देखाउँदै अभिनेत्री आलिया भट्ट र उनका अनस्क्रिन प्रेमी शान्तनु माहेश्वरीबीचको एक अन्तरंग दृश्य हटाएका छन् ।

कोभिड महामारीका कारण सामाजिक दुरी कायम गर्नुपर्ने नारा अपनाइरहँदा फिल्मबाट सञ्जयले त्यो दृश्य हटाएका हुन् । भारतीय फिल्ममा कोभिड पछि अन्तरंग दृश्यमा केही नयाँ नियम बनाइएको छ ।

यो नियमलाई ध्यानमा राख्दै भन्सालीले आलिया र डान्सरबाट अभिनेता शान्तनुको खिचिएको केही बोल्ड दृश्य हटाउने निर्णय लिएका हुन् ।

‘मलाई लाग्छ कि यो संकटको समयपछि माफी माग्नु राम्रो हुन्छ कि हामी सुरक्षा मानकमा ध्यान दिइरहेका छौं । भन्सालीले शारीरिक अन्तरंगका दृश्यलाई हटाएर केही रोमान्टिक दृश्य देखाउन अन्य उपाय अपनाउने योजनामा छन्’, फिल्म निकट स्रोतले भनेको छ ।

कामको कुरा गर्दा आलिया ‘गंगूबाई काठियावाडी’ का अलावा फिल्म ‘आरआरआर’ मा देखिँदैछिन् । यसबाहेक उनी प्रेमी रणवीर कपूरसँग फिल्म ‘ब्रह्मास्त्र’मा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १२ : ४२ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान