आईजीपी दानबहादुर कार्कीको जिम्मेवारी खोसियो « Khabarhub

आईजीपी दानबहादुर कार्कीको जिम्मेवारी खोसियो


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ आईजीपीको जिम्मेवारी दिने निर्णय गरेको हो।

जिम्मेवारी खोसिएका कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। कार्कीले गत कात्तिक २७ गतेदेखि प्रहरी प्रमुखको कार्यभार सम्हालेका थिए।

२०८२ फागुन २१ गते भएको निर्वाचनका क्रममा म्यादी प्रहरीको पोसाक खरिदमा अनियमितता गरेको आरोप कार्कीमाथि लाग्दै आएको थियो।

उक्त खरिद प्रकरणमा लामो समयदेखि विवादमा तानिएका उनलाई हटाउन सरकारले गृहकार्य गरिरहेको थियो।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  २ : १३ बजे

इरानका सात सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने, के-के हुन सर्त ?

तेहरान- इरानले आफ्ना सातवटै सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी पुनः नखोल्ने

नेपाल प्रहरीको आईजीपीमा डा. मनोजकुमार केसी नियुक्त

काठमाडौँ – सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा डा.

दिल्लीमा वायु प्रदूषण डब्लुएचओको सीमाभन्दा ३० गुणा बढी

नयाँदिल्ली-  भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन

दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

एजेन्सी– चीनका विदेशमन्त्री वाङ यीले दक्षिण चीन सागरको विवादमा सतर्क

समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ– सात वटा समस्याग्रस्त सहकारीले  १२२ जनाको बचतकर्ताको बचत रकम