फेरि सडकमै पुगिन् रानु मण्डल « Khabarhub

फेरि सडकमै पुगिन् रानु मण्डल


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– सडकमा उठेर फिल्म उद्योगमा स्टार बन्नु जोकोहीको भाग्यमा लेखिएको हुँदैन । त्यो शिखरमा पुग्नका लागि लामो संघर्षको आवश्यकता पर्दछ । तर कतिपयका लागि चाँडै लोकप्रिय भएर त्यो लोकप्रियतालाई कायमै राख्न निकै संघर्ष गर्नुपर्छ ।

कुनै समयमा सामाजिक सञ्जालमा तहल्का नै मच्चाएकी गायिका रानु मण्डल अहिले पुनः सडकमा पुगेकी छन् । एक रेल्वे प्लेटफर्ममा गीत गाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उनको भिडियो सार्वजनिक भएपछि भारतीय संगीतकार तथा गायक हिमेश रेशमियाले उनलाई त्यहाँबाट उद्धार गरेर फिल्ममा गीत गाउन मौका दिए । तर उनको बलिउड सफलता लामो समय टिक्न सकेन । अहिले रानु पुनः सडकमै फर्किएकी छन् ।

हालैमात्र रानुको एक नयाँ भिडियो सामाजिक सञ्जालमा आएको छ । जहाँ उनलाई कार बाहिर माइक बोकेर गीत गाइरहेको देख्न सकिन्छ । उनले पुरानै लुगा लगाएकी छन् । यो भिडियो हेरेका दर्शकले अनेकौ प्रतिक्रिया दिएका छन् ।

एक हातमा झोला बोकेकी रानू अर्को हातमा माइक बोकेकी छन् । एक प्रयोगकर्ताले रानूको घमण्डले उनलाई हानी पुगेको लेखेका छन् । अर्का प्रयोगकर्ताले रानुलाई कसैले सुन्न र हेर्न मन नपराउने गरेको उल्लेख गरेका छन् ।

रानू पश्चिम बंगलको राणा घाटको रेलवे स्टेसनको भिडियोबाट चर्चामा आएकी हुन् । उनले त्यहाँ गायिका लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है’ गाएकी थिइन् ।

त्यो भिडियोमार्फत रातारात स्टार भएपछि हिमेशले आफ्नो फिल्म ‘ह्याप्पी हार्डी एण्ड हीर’मा गीत गाउने मौका दिए । त्यसपछि एक फ्यानले रानूसँग सेल्फी लिन खोज्दा रानू रिसाएकी थिइन् ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १ : २९ बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग