यौन दुर्व्यवहार आरोपमा दोषीलाई डेढ वर्ष कैद « Khabarhub

यौन दुर्व्यवहार आरोपमा दोषीलाई डेढ वर्ष कैद


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– जिल्ला अदालत संखुवासभाले बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैद सजायको फैसला सुनाएको छ । संखुवासभाको पाँचखपन नगरपालिकामा १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा पाँचखपन नगरपालिका –१ का ३६ वर्षीय तिलक भन्ने आकाश राईलाई नगद क्षतिपूर्तिसहित एक वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

अदालतले आरोपित राईविरुद्ध एक वर्ष ६ महिना कैद र ३५ हजार रुपैयाँ क्षतिपूर्तिसहित १६ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार डिल्ली प्रसाईले जानकारी दिए ।

पीडित पक्षको उजुरीका आधारमा राईलाई प्रहरीले २० फागुनमा पक्राउ गररेको थियो । राईले १९ फागुनमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले २० फागुनमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  २ : ४३ बजे

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं–  काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै

महोत्तरी– यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको

दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय-रश्मिकाको विवाह तय  

काठमाडौं– दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोण्डा र रश्मिका