सशस्त्र प्रहरीद्वारा प्रधान कार्यालय हल्चोकमा बृक्षारोपण « Khabarhub

सशस्त्र प्रहरीद्वारा प्रधान कार्यालय हल्चोकमा बृक्षारोपण


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बृक्षारोपण गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथिमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

निजामती सेवा दिवसको अवसरमा राष्ट्रसेवक कर्मचारी बृक्षारोपण अभियानमा हातेमालो गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा बृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमा सहभागी महानिरीक्षक खनालसहितका विभिन्न व्यक्तिहरुले बृक्षारोपन गरेका थिए । उक्त अवसरमा अम्बा १५, कागती ४, नासपाती १, आरुबखेडा ३, एभोगाडो ३, सुन्तला २, तेजपत्ता २०, ओखर ३, रुद्राक्ष २, रिट्ठा १३, अनार १, जुनार ३, ज्याकारण्डा १४, मेसेडोनिया ८, स्याउ २ र धुपी १० गरी जम्मा १ सय ४ वटा बिरुवा रोपिएको छ ।

अभियानको रुपमा सुरु गरिएको बृक्षारोपण कार्यक्रम भाद्र १८ गतेदेखि २० गतेसम्म सशस्त्र प्रहरी बल नेपालको देश भरका विभिन्न एकाईहरुमा समेत सञ्चालन गरिने छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ९ : ४५ बजे

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र