सामान्य अवस्थामा फर्किँदै शैक्षिक क्षेत्र « Khabarhub

सामान्य अवस्थामा फर्किँदै शैक्षिक क्षेत्र


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीका कारण लामो सयमदेखि थला परेको शैक्षिक क्षेत्र पुनः सामान्य अवस्था तर्फ फर्कन लागेको छ ।
कोरोना संक्रमण दर घटेको भन्दै काठमाडौँ लगायत विभिन्न जिल्लाका स्थानीय तहहरुले विस्तारै विद्यालय खोल्न थालेका छन् । विद्यालय खुल्न थालेसँगै शैक्षिक क्षेत्रले पुरानै लय समात्न खोजेको हो ।

विद्यालयले सञ्चालन गरेको वैकल्पिक शिक्षा (अनलाइन कक्षा) प्रभावकारी नहुँदा शिक्षकहरु विद्यालय खोल्नुपर्ने पक्षमा छन् भने विद्यार्थीहरु पनि विद्यालयमै गएर पढ्न पाए हुथ्यो भन्ने सोचमा छन् ।

आफ्ना बालकालिकाको शैक्षिक स्तर खस्किँदै गएपछि अभिभावकहरु पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विद्यालय खोल्नुपर्छ भन्ने पक्षमा देखिन्छ ।

काठमाडौँको गोर्कणेश्वर नगरपालिकाले गत भदौँ १५ गतेदेखि विद्यालय सञ्चालन गरेको छ । उपत्यका बाहिरी जिल्ला, काभ्रे, तनहँु, हुम्ला, जुम्ला लगायतका स्थानीय तहहरुले यसअघि नै भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गरिसकेका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि सरकारले जारी गरेको ‘स्मार्ट लकडाउन सम्बन्धि कार्यविधि २०७८’ अनुसार विद्यालय तथा कलेज सञ्चालन कार्ययोजना निर्माण गरेर कोरोना संक्रमण कम भएका स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)सँग समन्वय गरेर विद्यालय खोल्न सक्ने गरी कार्ययोजना स्वीकृत गरिसकेको छ ।

मन्त्रालयले कार्ययोजनामा, कडा लकडाउन (हार्ड) भएको स्थानका विद्यालयमा कसरी अध्यापन गराउने, मिक्सड लकडाउन भएको स्थानका विद्यालयमा के गर्ने, सफ्ट लकडाउ र मिनीमल लकडाउन भएका स्थानीय तह तथा जिल्लाका विद्यालयहरु कसरी सञ्चालन गर्ने, विद्यार्थीको अध्यापनलाई कुन माध्यमबाट अघि बढाउने लगायत विषयहरु समेटिएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार सरकारले जारी गरेको ‘स्मार्ट’ लकडाउनका आधारमा रेड जोन र गाढा पहेलो भएको क्षेत्रका विद्यालयहरुमा वैकल्पिक माध्यमबाट अध्यापन गराउनुपर्ने छ । त्यसका लागि सरकारले ‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७’ जारी गरेको छ । उक्त निर्देशिका विद्यार्थीलाई पाँच भागमा विभाजन गररे विद्यार्थीको प्राविधिक पहुँचको आधारमा वर्गीकरण गरिएको छ । उक्त निर्देशिका अनुसार सम्बन्धित स्थानीय तह र विद्यालयले आफ्ना विद्यार्थीको पहुँचको आधारमा विद्यार्थीको पढाइलाई अघि बढाउनुपर्ने हुन्छ ।

सीसीएमसीले कोरोना संक्रमणको अवस्था न्यून रहेको भनी (पहेँलो) क्षेत्र उल्लेख गरेका स्थानीय तह वा जिल्लामा आलोपालो गरेर विद्यार्थीलाई बोलाएर पढाइ अघि बढाउन सकिने शर्माले बताए । यस्तो क्षेत्रका विद्यालयले विद्यार्थीलाई बोलाएर आवश्यक गृहकार्य दिएर आलोपाले प्रणालीमा पढाउन सक्ने उनको भनाइ छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले ग्रीन जोन भनेर तोकेको जिल्ला वा स्थानीय तहका विद्यालय भने पूर्ण रुपमा खोल्न पाइनेछ । यसरी विद्यालय खोल्दा शिक्षा मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७’मा उल्लेख भए बमोजिम स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने शर्माले बताए । उक्त कार्यढाँचामा विद्यालय खोल्नुपूर्व के गर्ने, कक्षा कोठामा विद्यार्थीलाई कसरी राख्ने लगायत विभिन्न स्वास्थ्य सुरक्षाको विषय समेटिएको छ ।

कक्षा १२ को वार्षिक परीक्षा भदौ ३० बाट

दुई पटक परीक्षा स्थगित गरेको राष्ट्रिय परीक्षा बोर्डले तेस्रो पटक बुधबार परीक्षा तालिका सार्वजनिक गर्दै आगामी भदौ ३० गतेबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

पहिलो पटक जेठ २६ गतेबाट परीक्षा सञ्चालन गर्ने भन्दै गत वर्ष फागुनमा परीक्षा तालिका सार्वजनिक गरेको बोर्डले गत बैशाखमा दोस्रो लहरको कारोना संक्रमण फैलिएपछि परीक्षा स्थगित गरेको थियो ।

दोस्रो पटक साउन ३१ गते परीक्षा गर्ने तयारी गरेको बोर्डले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीको आग्रहमा परीक्षा स्थगित गरेको थियो ।

पटकपटक परीक्षा स्थगित हुँदा विद्यार्थीहरु मानसिक तनाबमा छन् भने उच्च शिक्षाका लागि विदेश जाने सोचमा रहेका विद्यार्थीहरुको एक शैक्षिक सत्र नै खेर जाने जोखिम बढेको छ ।

विद्यालय सञ्चालन गर्ने तयारीमा महानगर

त्यस्तै काठमाडौँ महानगरपालिका पनि आफ्नो क्षेत्र भित्रका विद्यालय खोल्ने तयारीमा रहेको छ । बुधवार काठमाडौँ उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले विद्यालय सञ्चालनमा केही खुकुलो नियम जारी गरेपछि महानरपालिका विद्यालय खोल्ने तयारीमा जुटेको हो ।

विद्यालय सञ्चालन बारे बृहत रुपमा छलफल भइरेको काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग अधिकृत मोतिराज खनालले बताए । उनका अनुसार विद्यालय कसरी खोल्ने, के कस्ता सुरक्षा अपनाउने, धेरै विद्यार्थी भएका विद्यालयमा के गर्न लगायत विभिन्न विषयमा छलफल चलिरहेको छ ।

बैकल्पिक माध्यमबाट पनि सबै विद्यार्थीहरुलाई समेट्न नसकिएकाले चाँडै विद्यालय खोल्ने विषयमा आवश्यक निर्णय हुने उनको भनाइ छ ।
उनले भने, ‘विद्यालय सञ्चालनको विषयमा आवश्यक छलफल भइरहेको छ तर कहिलेबाट खोल्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन ।’

कोरोना महामरीका कारण सरकारले चालु शैक्षिक सत्र असार १ गतेबाट सुरु गरेतापनि संक्रमणदर बढ्दै गएको र गत वैशाखदेखि कोेरोनको दोस्रो लहर सुरु भएकाले विद्यार्थीहरु विद्यालय गएर भौतिक रुपमा अध्ययन गर्न पाएका छैनन् ।

 

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ६ : २४ बजे

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

मलङ्गवा– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन

प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देनलाई 

काठमाडौं– नेपाल स्केटिङ तथा स्केटबोर्डिंङ संघ र द स्केटल्याण्ड स्केटपार्क

पोखराका रोसिङ्टनको अर्धशतक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा पोखरा

धादिङको धुनीबेंसीमा एकै ठाउँमा सात सवारी दुर्घटना

मलेखु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै

बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रूपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

खोटाङ– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले दिक्तेल रुपाकोट मझुवागढी